न्यायाधीश सिफारिस विरुद्धको रिटमाथि सर्वाेच्चको सुनुवाइ - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Friday, June 24, 2016

न्यायाधीश सिफारिस विरुद्धको रिटमाथि सर्वाेच्चको सुनुवाइ

असार ९, २०७३- सर्वाेच्च अदालतका लागि नियुक्त गर्न ११ न्यायाधीशको नाम  सिफारिस गर्ने न्याय परिषदको निर्णय बदर गरिपाऊँ भनी परेको रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्चले आवश्यक कागजातहरु झिकाउन आदेश दिएको छ ।
न्यायाधीश जगदीश शर्मा पौडेलको बिहीबार बसेको इजलाशले अधिवक्ता पूर्णचन्द्र पौडेलको रिटमाथि गरेको सुनुवाइमा उस्तै प्रकृतिको रिट अर्का अधिवक्ता ज्योति बानियाँले पनि दायर गरेकाले दुबै रिटलाई सँगै राखी पेशी तोक्न पनि आदेश गरेको छ ।
पौडेलले परिषदको निर्णय खारेज गर्न र बानियाँले चाहिँ परिषदको निर्णय लागू गराउन दायर गरेको रिट आदेश अनुसार अब पेशी साउन १९ मा चढ्नेछ ।
आदेशमा न्याय परिषद्ले गरेको सिफारिस, संसदीय सुनुवाइका लागि परिषदले लेखवेको पत्र, परिषदका सदस्य रामप्रसाद सिटौलालाई पुनः परिषदकै लागि पुनः सिफारिस गर्नु भन्ने पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निर्णयलाई फिर्ता लिने प्रधानमन्त्री ओलीको पत्र, विजयसिंह सिजापती विपक्षी भएको यही प्रकृतिको रिटमा अदालतले गरेको आदेश लागायतका कागजात समेत झिकाउन पनि आदेश भएको छ ।
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages