यार्चा उत्पादन घट्यो - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Friday, June 24, 2016

यार्चा उत्पादन घट्यो

असार ७, २०७३- उच्च लेकाली भेगका पाटनहरूमा यार्चा उत्पादन घटेको छ । हिउँ र वर्षा कम भएकाले उत्पादन घटेको हो ।
जिल्लाको प्रमुख आम्दानीको स्रोत घटेपछि यार्चा संकलक निराश भएका छन् । जिल्लाका सबै पाटनहरू जेठ १ बाट खुला गरिएका थिए । ढिलो संकलन भएकाले पनि सोचेअनुरूप यार्चा फेला नपरेको गुनासो स्थानीयवासीको छ । यसअघि चैतको अन्तिम साताबाट संकलन सुरु हुन्थ्यो ।


यार्चा संकलनबाट स्थानीयवासी ३ महिनादेखि वर्षभरिको खर्चको जोहो गर्छन् । यो वर्ष उत्पादन घटेकाले आम्दानी न्यून हुने उनीहरूले बताए । ‘यो वर्ष जेठ सुरमै यार्चा संकलन सिजन सकिएको रहेछ,’ हुमदुम्ती पाटनमा संकलनमा गएका हिकिला ६ का रामसिंह कार्कीले भने, ‘पाटन ढिला खुल्यो, जेठको दोस्रो सातासम्म ढिक्कै पाइएका थिए, तर अहिले थोरै र कमसल किसिमका यार्चा भेटिएका छन् ।’ 



यसअघिका वर्षमा ४/५ सय गोटा यार्चा फेला पार्नेहरू यसपालि आधा मात्रै भेटिएको बताउँछन् । पछिल्ला वर्षमा यार्चा दोहन बढेको र जलवायु परिवर्तनको प्रभावले उत्पादनमा घटेको हुन सक्ने अपी नाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए । संकलकले पाटनमा जथाभावी फोहोर फाल्ने, अव्यवस्थित दोहन गर्नाले पनि उत्पादनमा कमी आएको हुन सक्ने उनको बुझाइ छ । ‘पहिला पाटनहरूमा थोरै मान्छे हुन्थे,’ उनले भने, ‘अहिले प्रत्येक पाटनमा हजारांैको संख्यामा संकलक पुग्छन्, त्यही भएर पनि घटेको भनेका होलान् ।’



जिल्लाका सबैभन्दा बढी संकलन हुने दुदवन, अपी, नाम्पालगायत पाटनहरूमा यार्चा खासै नभेटिएको संकलकहरूले बताएका छन् । राप्लाको दुदवन, हुमदुम्ती, कोठेरीधार, भाटरौ, साङपाङ, कलगड्या, नान्थालगायत पाटनमा सुरुमा राम्रो र गत जेठको आधापछि कमसल किसिमका यार्चा भेटिएको संकलकको भनाइ छ ।

Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages