स्व. चन्द्रदेवलाल कौशिकलाई मरणोपरान्त स्वर्ण सम्मान - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Friday, June 24, 2016

स्व. चन्द्रदेवलाल कौशिकलाई मरणोपरान्त स्वर्ण सम्मान

असार ६, २०७३- नेपाल स्काउटको ६४ औं स्थापना दिवस भव्यताका साथ सम्पन्न भएको छ । उक्त अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरियो । नेपाल स्काउटको केन्द्रीय कार्यालयमा झन्डोत्तोलनपश्चात् प्रभातफेरी हुँदै नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित औपचारिक कार्यक्रमका साथ समापन भएको थियो ।  
औपचारिक कार्यक्रममा बोल्दै प्रमुख स्काउट युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले स्काउट नामक सम्मानित संस्थाको मर्म र धर्म बुझेर यसको अर्थ र अस्तित्वलाई जोगाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।
नेपाल स्काउटलाई संस्थागत गर्न तथा स्काउट ऐन ल्याउन सफल स्व. चन्द्रदेवलाल कौशिकलाई ५० वर्ष सेवा गरेबापत स्वर्ण सेवा सम्मान (मरणोपरान्त) द्वारा सम्मानित गरियो । स्काउटका चिफ कमिस्नर रविन दाहालको हातबाट सम्मान ग्रहण गर्दै स्व. चन्द्रदेवलाल कौशिकका छोरा चन्दन कौशिकले स्काउटिङको पवित्रता र स्वच्छतामुखी सिद्धान्तलाई कायम राख्न स्काउटिङमा थप सेवा गर्ने ऊर्जा मिलेको बताए ।
तत्कालीन समयमा राजाको हुकुमका आधारमा चलेको स्काउट नामक सानो अभियानलाई स्व. कौशिकले संस्थागत गर्नका निम्ति निक्कै ठूलो त्याग र बलिदान दिएका थिए ।
फलस्वरूप यसमा उनी सफल पनि भएका थिए । संस्थाको कुनै आधिकारिक कागजात र बैधानिकता नभएका बखत वि.सं. २०१२ सालतिर स्काउट प्रवेश गरेका स्व. कौशिकले १२ वर्षसम्म नेपाल स्काउटको राष्ट्रिय सचिव तथा सह–प्रमुख आयुक्तको कार्यभार सम्हालेका थिए ।
सन् १९४२ मा सिरहामा जन्मिएका स्व. चन्द्रदेवलाल कौशिकले धनुषाको यदुकुहा बिद्यालयबाट शिक्षण पेशा शुरु गरी जनकपुरको सरस्वती मा.वि. मा लामो समय अध्यापन पेशामा आबद्ध भएका थिए ।
बि.सं. २०५१ सालमा स्काउट ऐन आउनु अघि काठमाण्डौं उपत्याका भित्रका बाहेक कुनैपनि ब्यक्ति कार्यसमितिमा आउन नपाउने प्राबधानलाइ परिवर्तन गर्दै कौशिकले ऐनमा नै प्रजातान्त्रिक प्रकृया अनुसार सबै क्षेत्र र तहका मानिसको प्रतिनिधित्व हुने ब्यवश्था कायम गराएका थिए ।
अनुशासनको पाठशाला स्काउट ले अनुशासित बनाउन तथा चरित्र निर्माण गर्न बालबालिका र युवा लक्षित स्काउटिङ विधि अनुसारका कृयाकलाप गराउने गर्दछ ।
बि.सं. २०६९ मा सहादत प्राप्त गरेका चन्द्रदेवलाल कौशिकले उपत्याका बाहिर धनुषा जील्लाको नेतृत्व गर्दै मुख्यालय कै दांजोमा स्काउटको भौतिक संरचना जोड्न सफल भएका थिए । स्काउटका जन्मदाता बेलायती नागरिक बेरेन पावेलले लेखेको स्काउटिङ फर ब्वाइज पुस्तकलाई नेपालीमा अनुवाद गर्न सफल कौशिक नेपाल स्काउटलाइ मुर्त रुप दिने ब्यक्तित्व हुन् । हालसम्म पनि सोही पुस्तकलाइ आधार स्काउटिङका कृयाकलाप सिकाइन्छ ।
अनुशासन र दृढताको अर्को नामका रूपमा चिनिने स्काउटमा हाल मुलुकभर रहेका ६० हजार स्काउटियनमध्ये २० हजारभन्दा बढी महिलाको संख्या छ ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्रीका अलावा प्रमुख आयुक्त रविन दाहाल, एसिया प्रशान्त क्षेत्रीय स्काउट एवार्ड कमिटीका श्रीराम लामिछाने आदिले मन्तव्य व्यक्त गरेका थिए ।
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages