‘जात्रा’ मच्चाउन तयार विपीन–वर्षा - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Thursday, June 30, 2016

‘जात्रा’ मच्चाउन तयार विपीन–वर्षा

असार ५, २०७३- सहायक भूमिकामै पनि फिल्ममा दमदार देखिँदै आएका विपीन कार्की अन्तत: लिड रोलमा अनुबन्ध भएका छन् । फिल्म ‘जात्रा’ लागि उनलाई वर्षा राउतको अपोजिटमा खेलाउन निर्देशक प्रदीप भट्टराईले विश्वास गरेका हुन् ।
मह सञ्चारसँग मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले निर्माण गर्ने टेलिसिरियलमा लामो समय निर्देशन समूहमा रही काम गरिसकेका प्रदीपले पहिलोपटक आफ्नै पटकथामा ‘जात्रा’ निर्देशन गर्न लागेका हुन् ।
राजधानीको असन गल्लीमा पसल थापेर बसेका तीनजनाको कथामा फिल्म आधारित छ । विपीन तिनैमध्येका एक पसले हुनेछन् ।
‘हामी आफूसँगै भएको खुसीमा रमाउन नसकेर के चिजले सुख दिन्छ भनेर दौडिरहेका छौं । भोलि त्यही दु:ख बनेर उल्टै हामीलाई नै लखेट्छ,’ फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले फिल्मको मूल मर्मबारे बोले । फिल्मका मुख्य तीन पात्र पनि अभावबीच हाँसीखुसी जीवन काटिरहेका बेला समस्याग्रस्त एक घटनाले उथलपुथल ल्याउने बानियाँले बताएका छन् ।
षटकोण आर्टस्को ब्यानरमा निर्माण गर्न लागिएको ‘जात्रा’ को आइतबारदेखि नै छायांकन थालिने बताइएको छ । एक महिना अवधिमा असन, इन्द्रचोक सेरोफेरोमा खिचिने फिल्म कात्तिक १९ मा रिलिज गर्ने गरी काम थालिएको हो ।
फिल्ममा विपीन, वर्षासहित रवीन्द्र स्वयं र रवीन्द्र झा, प्रकाश घिमिरे, प्रवीण खतिवडा, भोलाराज सापकोटा, कमलमणि नेपाल, सजन थापा मगर, निलकाजी शाक्य, प्रियंका झा, मणिराम पोखरेल, कृष्णभक्त महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, बालदीप राई, कुमार शाह लगायतको अभिनय रहनेछ ।
‘छड्के’ मा बिन्दु माझीको सहायक भूमिका निर्वाह गर्दै फिल्म अभिनयमा छिरेका विपीन पछिल्लोपटक ‘पशुपति प्रसाद’ मा भष्मे डन र ‘कालो पोथी’ मा जँड्याहा चरित्रमा देखिएका थिए ।
विपीनले पहिलोपटक मुख्य भूमिकामा खेल्न पाउँदा उत्साहित बनेको कान्तिपुरसँग भने । वर्षा भने ‘नाइँ नभन्नु ल ४’ बाट दुई महिनाअघि मात्रै रजतपटमा डेब्यु गरेकी हुन् । उनले हालै दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पन्जा’ को सुटिङ सकेकी छन् ।
फिल्मकै कला निर्देशक सिङ्गे लामा र निर्माण व्यवस्थापक यादव पौडेलको संयुक्त लगानी रहने फिल्मलाई दीर्घ गुरुङले खिच्नेछन् भने सम्पादन मित्र डी गुरुङको रहनेछ । मनोज राजभण्डारीले संगीत भर्नेछन् ।
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages