संविधान बनाउने दलहरु कार्यान्वयनमा पनि मिल्नुपर्छ: सिंह - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Friday, June 24, 2016

संविधान बनाउने दलहरु कार्यान्वयनमा पनि मिल्नुपर्छ: सिंह

असार ६, २०७३- कांग्रेस नेता प्रकाशमान सिंहले नयाँ संबिधानलाई कार्यान्वयन गर्न सबै दल एक ढिक्का भएर लाग्नु पर्ने बताएका छन् ।
सोमबारबाट चितवनको सौराहामा सुरु भएको नेपाल परिवार नियोजन संघको ३८ औं केन्द्रीय सभालाई सम्बोधन गर्दै नेता सिंहले संविधान कार्यान्वयन चुनौतिपूर्ण कार्य भएकाले सबै दल मिलेर अघि बढ्नु पर्ने बताएका हुन् । सबै दल मिलेर जारी गरेको संविधान त्यसरी नै मिलेर कार्यान्वयन गर्ने प्रयास गरे मात्र सफलता मिल्ने उनले दावी गरे ।  
नेता सिंहले संबिधान कार्यान्वयन पछि मात्र राजनीतिक स्थिरता हुने हुनाले त्यसपछि देशको आर्थिक विकास सम्भव रहेको बताए । मंगलबार सम्म चल्ने सभामा देशभरका २८ शाखा झण्डै २ सय प्रतिनिधिहरुको सहभागिता रहेको परिवार नियोजन संघ चितवनका सचिव अनिल ढकालले बताए ।
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages