तमलोपाको बन्दसत्र शुरु - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Tuesday, June 21, 2016

तमलोपाको बन्दसत्र शुरु

असार ७, २०७३ नलवलपरासीको रामग्राममा जारी तराई मधेश लोकतान्त्रिक पार्टीको महाधिवेशनको बन्दसत्र शुरु भएको छ । सो क्षेत्रमा बिहानैबाट भारी बर्षा भएपछि विहानवाट अवरुद्व बनेको बन्दसत्र मध्यान्हवाट शुरु भएको महामन्त्री जितेन्द्र शोनलले बताउनुभयो । बन्दशत्रमा छुट्टाछुट्टै तीनवटा प्रतिवेदनमाथि छलफल भएको छ । बृजेश गुप्ता संयोजक रहेको विधान संशोधन तथा परिमार्जन समितिको प्रतिवेदन, बृशेषचन्द्र लालको नेतृत्वमा बनेको राजनीतिक दस्तावेज तयारी समितिको प्रतिवेदन तथा सर्वेन्द्रनाथ शुक्ल नेतृत्वको नीति तथा कार्यक्रम निर्माण समितिको प्रतिवेदन माथि छलफल भएको महामन्त्री शोनलले जानकारी दिनुभयो । अहिले भने प्रतिनिधिहरुले प्रतिवेदन माथि धारणा राख्ने क्रम जारी छ ।  महाधिवेशनले ५१ सदस्यीय कार्यसमिति रहेको पार्टीको विधान संशोधन गरी ७५ सदस्यीय बनाउने तयारी गरेको छ । सिमांकन लगायत नयाँ संविधानले ब्यवस्था गरेका विषयमा असन्तुष्टि जनाउदै राजधानी केन्द्रित आन्दोलनमा रहेको संघीय गठवन्धनको एक घटक तमलोपाले महाधिवेसन मार्फत पार्टीको आगामी राजनीतिक कार्यदिशा तय गर्ने नेताहरुले बताएका छन् ।
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages