यस वर्षको सर्वोत्कृष्ट कृषक कास्कीका इमानबहादुर गुरुङ - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Thursday, June 30, 2016

यस वर्षको सर्वोत्कृष्ट कृषक कास्कीका इमानबहादुर गुरुङ


असार १५, २०७३- कृषि विकास मन्त्रालयले यस वर्षको सर्वोत्कृष्ट कृषक लाहाचोक–५ कास्कीका इमानबहादुर गुरुङलाई छनौट गर्दै २ लाख नगदसहित राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको छ ।

कृषि क्षेत्रकै सबैभन्दा ठुलो राशीको पुरस्कार पाउने गुरुङ दोस्रो किसान हुन् । गत वर्षदेखि सुरु भएको यो पुरस्कार प्राप्त गर्ने कैलाली टिकापुरका कालु हमाल पहिलो किसान हुन् । ४९ वर्षीय गुरुङलाई कृषि विकास मन्त्री हरिबोल गजुरेल र पशुविकास मन्त्री शान्ता मानवीले खुमलटारस्थित नार्क परिसरमा संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।

करिब ६ करोड लगानीमा भंैसीपालन गर्दै पोखरामा दुध बिक्रि गरीरहेका गुरुङले गत वर्ष मात्रै १ करोड ६२ लाख रुपैयाँ बराबरको दुधको कारोबार गरेका थिए । ३७ जनालाई रोजगारी पनि दिँदै आएका उनीसँग हाल ३ सय हाराहारी भैंसी छन् । ‘२०६७ सालमा ३ वटा भैंसीबाट व्यवसाय सुरु गरेको यतिबेला ३ सय बढी भंैसी छन्,’ पुरस्कार प्राप्त गरेपछी उनले भने ।

यसैबीच मन्त्रालयले एक लाख रुपैयाँ राशी रहेका चार उत्कृष्ट पुरस्कार पनि वितरण गरेको छ । यो पुरस्कार पाउनेमा मध्यक्षेत्रबाट डढुवा रामेछापका रङ्गदान तामाङ्ग, पूर्वाञ्चलबाट सितासताक्षी, झापाकी देवीकुमारी ओली, मध्यपश्चिमाञ्चलको बर्दिया राजापुरका शर्मा चौधरी र सुदुरपश्चिमको टिकापुर कैलालीका विनोद कुमार शाह छन् । पश्चिमाञ्चलबाट छनौटमा परेका गुरुङको पशुपालन अरु चारभन्दा सर्वोत्कृष्ट तामाङ्ग एकिकृत कृषि, ओली मौरीपालन, चौधरी खाद्यन्न बिउ र शाह केरा खेतीका किसान हुन् ।

देशभर रहेका जिल्ला कृषि विकास कार्यालयले क्षेत्रिय कार्यालयलाई अनि क्षेत्रियले कृषि विभाग हुँदै मन्त्रालयलाई सिफारिस गरेको आधारमा यी किसान छनौटमा परेका हुन् । मन्त्रालयका सहायक प्रवक्ता शंकर सापकोटाका अनुसार, कृषि पेशमा संलग्न युवा तथा अर्ध व्यवसायिक कृषकहरुलाई प्रोत्साहन गर्न विदेशिने र विदेशमा रहेकालाई मुलुकमै आर्कषित गर्ने पुरस्कारको लक्ष्य रहेको छ ।
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages