अवकाशपछि वित्तीय संस्थामा जाने व्यवस्था कडाइ गरिने - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Thursday, June 30, 2016

अवकाशपछि वित्तीय संस्थामा जाने व्यवस्था कडाइ गरिने

असार १५, २०७३- गभर्नर, डेपुटी गभर्नर, कार्यकारी निर्देशक, निर्देशकलगायत राष्ट्र बैंकका उच्च तहका कर्मचारीहरू अवकाशपछि बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने प्रावधानलाई झनै कडाइ गर्न लागिएको छ । राष्ट्र बैंक ऐनको संशोधित विधेयक छलफलको क्रममा यो विषय जोडतोडका साथ उठेको व्यवस्थापिका संसद्को अर्थ समितिका सदस्यहरूले बताएका छन् ।
उक्त विधेयकउपर परेको संशोधन माथि अर्थ समितिले उपसमिति गठन गरी दफावार छलफल सुरु गरेको छ । छलफल निचोडमा पुगी नसके पनि यो प्रावधानलाई झनै कडा बनाउने उपसमितिको तयारी छ ।
‘आफूले अनुमति दिएका संस्थामा पछि आफैं काम गर्न जानु राम्रो होइन,’ एक सांसदले भने, ‘उनीहरूको ज्ञान र अनुभव उपयोगका लागि अन्य विभिन्न माध्यमहरू छन् । बैंकमै जागिरे बन्नुपर्छ भन्ने हुँदैन ।’
सांसदमा पेस भएको संशोधित विधेयकको दफा १ सय ६ (क) मा गभर्नर भइसकेका व्यक्तिहरूले बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने व्यवस्था छ । यस्तै डेपुटी गभर्नरले अवकाश भएको मितिले सात वर्षसम्म र कार्यकारी निर्देशकले ५ वर्षसम्म वित्तीय संस्थामा काम गर्न नपाउने व्यवस्था छ ।
यो दफामा पनि उपसमितिले धेरै छलफल गरिसके पनि टुंगोमा पुगेको छैन । छलफलका क्रममा केही सांसदले यो दफा हटाउन चाहे पनि अधिकांशले अझै कडा बनाउनुपर्ने तर्क राखेको स्रोतले बतायो ।
समग्र वित्तीय क्षेत्रको हित र उत्कृष्ट संस्थागत सुशासन हुने गरी नीतिगत व्यवस्था गरिने सांसदको अर्थ समितिद्वारा गठित उपसमितिका संयोजक विक्रम पाण्डेले बताए ।
विधेयक छलफलकै क्रममा रहेकाले अहिल्यै बोल्न हतार हुने बताउँदै उनले भने, ‘म यहाँ काम गर्न आएको हुँ । त्यसैले वित्तीय क्षेत्र र समग्र राष्ट्रको हित हुने पक्षमा काम गर्छु ।’
अवकाश प्राप्त राष्ट्र बैंकका कर्मचारीहरूलाई काम गर्नका लागि अन्य क्षेत्र पनि रहेको उनको तर्क थियो । उपसमितिले सबै सरोकारवालाहरूसँग छलफल गरिरहेकाले उपयुक्त निर्णयसहित निष्कर्षमा पुगिने र त्यो वित्तीय क्षेत्रको हितमा हुने उनले दाबी गरे ।
नियमनकारी निकायमा उच्च तहमा बसेर काम गरिसकेका व्यक्ति बैंक तथा वित्तीय संस्थामा जानु खराब र अनुशासन विपरीत भएको राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बाताए ।
ती व्यक्तिहरूलाई राष्ट्र बैंकका आन्तरिक कुराहरू थाहा हुने भएकाले आफैंले नियमन गरेको संस्थामा काम गर्दा सूचनाको गलत प्रयोग हुन सक्ने उनको तर्क थियो । विगतमा राष्ट्र बैंकबाट अवकाशपछि वित्तीय संस्थामा काम गर्न गएका कर्मचारीले नराम्रो गरेको दृष्टान्त दिँदै उनले भने, ‘यो व्यवस्थालाई अझै कडाइ गर्नुपर्छ ।’
राष्ट्र बैंकका उच्च पदस्थहरू अवकाशपछि वित्तीय संस्थामा काम गर्न जाने प्रवृत्ति राम्रो नभएको पूर्वगभर्नर विजयनाथ भट्टराईले बताए । ‘गभर्नर र डेपुटी गभर्नर किन बैंकमा जागिर खान जानुपर्‍यो,’ उनले प्रतिप्रश्न गरे । कतिपय अवस्थामा उनीहरू बैंकको काम कारबाहीमा पनि प्रभावित गर्न सक्ने भएकाले उचित नभएको उनको तर्क छ ।
राष्ट्र बैंकबाट अवकाशपछि निर्देशकभन्दा माथिका व्यक्तिले बैंक तथा वित्तीय संस्थामा काम गर्न नहुने राष्ट्र बैंकका एक पूर्वकार्यकारी निर्देशकले बताए । ती व्यक्तिहरू वित्तीय संस्थामा काम गर्न जादाँ राष्ट्र बैंकको नियमन र सुपरिवेक्षण पनि प्रभावित हुन सक्ने उनको तर्क थियो ।
राष्ट्र बैंकमा उच्च तहमा रहँदा आफूले काम लगाएको व्यक्तिलाई पछि सजिलै काम अह्राउन सकिने भएकाले नियमन र सुपरिवेक्षणमा पनि प्रभाव पार्न सकिने उनले जनाए । ‘आफूले काम सिकाएको कर्मचारीलाई जीवनभर कजाउन सकिन्छ,’ उनले भने, ‘यस कारण पनि ती व्यक्तिहरूबाट गलत काम हुन सक्छ ।’
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages