स्थापना दिवसमा संघको साताव्यापी कार्यक्रम - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Friday, June 24, 2016

स्थापना दिवसमा संघको साताव्यापी कार्यक्रम

असार ६, २०७३- नेपाल औषधि व्यवसायी संघ बागमती अञ्चल शाखाले आफ्नो स्थापना दिवसका अवसरमा साताव्यापी कार्यक्रम आयोजना गरेको छ ।
 
बागमती अञ्चल शाखाले पहिलो दिन सोमबार ललितपुरको ल्होल्हमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । ‘औषधिको समुदपयोग गरौं, प्रतिकुल असर हुनबाट बचाऔं’ शीर्षकको प्रतियोगितामा ललितपुरका विभिन्न विद्यालयका २५ विद्यार्थीले भाग लिएका थिए ।

कार्यक्रममा शाखा अध्यक्ष निरञ्जनप्रसाद रिसाल, पूर्वअध्यक्ष प्रकाशमान प्रधानलगायतको उपस्थिति थियो ।
शाखा महासचिव सम्राटमान जोशीका अनुसार संघले असार ७ गते धादिङको धार्केमा जिङ्क चक्की र जीवनजन प्रयोगसम्बन्धि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । साथै, असार ८ गते भक्तपुरको कमलविनायकमा ‘औषधिको समुदपयोग गरौं, प्रतिकुल असर हुनबाट बचाऔं’ विषयक निबन्ध प्रतियोगिता आयोजना गरिएको छ ।
असार ९ गते दी ब्रिटिस कलेज थापाथली काठमाडौंमा ‘लागु तथा मनोद्वीपक औषधि’को दुरुपयोगले हुने असरबारे अन्तर्क्रिया आयोजना गरिएको छ भने १० गते ललितपुरको खोकना आश्रममा रहेका कुष्ठरोगी बिरामीलाई नि:शुल्क औषधि तथा सर्जिकल सामाग्री वितरणको कार्यक्रम आयोजना गरिएको छ ।
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages