मृगौला प्रत्यारोपण गर्न भारतबाट - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Sunday, June 26, 2016

मृगौला प्रत्यारोपण गर्न भारतबाट

असार २, २०७३- आँखा उपचारमा सहज, सुलभ र सस्तो गन्तव्य रहेको नेपाल अब मृगौला प्रत्यारोपण गर्नसमेत भारतीय नागरिकमाझ लोकप्रिय बन्दै छ । मानव अंग प्रत्यारोपण केन्द्रमा उत्तर प्रदेश, गाजियावादका भारतीय नागरिक देवेन्द्र शर्माले बुधबार मृगौला प्रत्यारोपण गराएका छन् । केन्द्रमा दस महिनायता ८७ प्रत्यारोपण भएकामध्ये उनि सातौं भारतीय हुन् ।
‘यहाँ सस्तो छ, लाइन पनि बढी बस्नु पर्दैन । शल्यक्रिया पनि राम्ररी हुने सुनेर आएका हौं,’ देवेन्द्रका आफन्त प्रकाश शर्माले बुधबार कान्तिपुरसँग भने, ‘भारतकै डाक्टरले नेपाल आएर प्रत्यारोपण गराउन सल्लाह दिएका हुन् ।’
मृगौला प्रत्यारोपण गर्न भारतका सरकारी अस्पतालमा करिब साढे ६ लाख लाग्छ । यहाँ तीन लाख रुपैयाँले पुग्छ ।
सेवा लिन खोज्ने विदेशीहरू आवश्यक कागजात लिएर आउने गरेको उल्लेख गर्दै केन्द्रका निर्देशक एवं प्रत्यारोपण शल्यचिकित्सक डा.पुकारचन्द्र श्रेष्ठले भने, ‘हामीले सम्बन्धित दूतावासमा कागजात पठाउँछौं, त्यहाँबाट सबै कुरा सही रहेको प्रमाणपत्र आएपछि मात्र प्रत्यारोपण प्रक्रिया अघि बढाइन्छ ।’
भारतमा किङ एडवार्ड मेमोरियल हस्पिटल मुम्बईमा सन् १९६५ मा पहिलो पटक मृगौला प्रत्यारोपण गरिएको थियो । नेपालमा करिब ८ वर्षअघि त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु भएको हो ।
त्यसअघि अधिकांश नेपाली बिरामीले प्रत्यारोपण गराउन भारतमै जानुपथ्र्यो । शिक्षण अस्पतालबाट हालसम्म ३ सय ६६ जनाले प्रत्यारोपण गराइसकेका छन् । तीन वर्षयता अंग प्रत्यारोपण केन्द्रबाट प्रत्यारोपण गराउनेहरूको संख्या एक सय ८७ पुगिसकेको छ ।
भारतमा मृगौला प्रत्यारोपण गर्न प्रत्यक्ष रगतका नाता नभएका दाताबाट अंग लिन नपाउने कानुन छ । ‘त्यहाँ अथराइजेसन कमिटीको प्रक्रियासमेत अत्यन्त झन्झटिलो छ,’ वरिष्ठ मृगौला रोग विशेषज्ञ डा.ऋषि काफ्लेले भने, ‘प्रक्रियामै महिनौं लाग्छ ।’
नेपाल सरकारले अंगदानका लागि नातेदारको दायरा फराकिलो बनाएपछि भारतीय नागरिकहरू प्रत्येक साताजसो आइरहेको औंल्याउँदै डा. श्रेष्ठले भने, ‘यो हाम्रो क्षमता, गुणस्तरप्रतिको विश्वास समेत हो । नेपाली स्वास्थ्य सेवा राम्रो हुँदै गएको सन्देश हो ।’
करिब तीन महिनायता २० जना भारतीय नागरिकले भक्तपुर आएर प्रत्यारोपण प्रक्रियाअन्तर्गत उपचार गराएका थिए । तीमध्ये पाँच जनाको मृगौला प्रत्यारोपण भएको हो ।
नेपालमा पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबुआमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनी, ठुलो बाबु, ठूली आमा, काका, काकी, सानो बाबु, सानी आमा, भतिजा, भतिजी, सासू, ससुरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजू, बुहारी मामा, माइजू, भान्जा, भान्जी, साला, साली, फुपू, फुपाजु, आमाजू, भदा, भदै, भिनाजु, ज्वाइँ जेठानबाट अंगदान वा ग्रहण गर्न मिल्छ ।
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages