कर्मचारी सञ्चयकोष (नवौँ संशोधन) विधेयक समितिबाट पारित - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Sunday, June 26, 2016

कर्मचारी सञ्चयकोष (नवौँ संशोधन) विधेयक समितिबाट पारित

काठमाडौँ, ३२ जेठ । व्यवस्थापिका–संसद्, अर्थ समितिले कर्मचारी सञ्चय कोष नवौँ सशोधन विधेयक, २०७१ लाई आज पारित गरेको छ ।
उक्त विधेयकका सम्बन्धमा सुझाव सहितको प्रतिवेदन पेस गर्न गठित उपसमितिको प्रतिवेदनलाई समितिले सामान्य संशोधनपछि पारित गरेको हो । कोषले आफँै वा अरु संस्थासँग मिलेर विश्वविद्यालय, शिक्षण अस्पताल, मेडिकल कलेज सहित शैक्षिक क्षेत्र, औषधि र ऊर्जा उत्पादन तथा पर्यटन, कृषि विकासमा लगानी गर्न सक्ने प्रावधान प्रतिवेदनमा समेटिएको छ ।
पारित प्रतिवेदनमा कोषले सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको कुनै निकायद्वारा प्रवद्र्धित ऊर्जा उत्पादन, प्रसारण, पर्यटन, कृषि, विकास र अन्य पूर्वाधार निर्माणसँग सम्बन्धित कम्पनीका सेयरमा लगानी गर्न सक्ने व्यवस्थाका लागि विधेयकमा प्रस्ताव गरिएको छ ।
चिया बगानका श्रमिक तथा सहकारी सङ्घसंस्थामा कार्यरत कर्मचारीले समेत कोषमा आफ्नो आम्दानीको कोष कट्टा गर्न सक्ने व्यवस्था विधेयकमा अघि सारिएको छ । सञ्चयकर्ताले मासिक पारिश्रमिक रकमबाट कोषमा जम्मा गर्ने र कानुन अनुसार थप हुने रकम कोषमा जम्मा गर्ने जिम्मेवारी लिएको कर्मचारीले दाखिला गरेको नपाइएमा त्यो व्यक्तिबाटै रकम असुल गर्ने व्यवस्था गरिएको छ ।
उक्त व्यक्तिबाट सञ्चयकर्ताको सम्पूर्ण रकम असुल हुन नसकेमा त्यस्तो कर्मचारीको अन्य चलअचल सम्पत्तिबाट सरकारी बाँकी सरह असुल गर्ने प्रावधानका लागि सिफारिस गरिएको छ ।
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages