सात खेल संघको दर्ता खारेज - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Wednesday, June 22, 2016

सात खेल संघको दर्ता खारेज

असार १, २०७३- नेपाली फुटबललाई विवादको उत्कर्षमा ल्याउने क्रममा गठन भएको नेपाल फुटबल संघको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार दर्ता खारेज गरिदिएको छ ।
नेपाल फुटबल संघसहित राखेपले अन्य ६ राष्ट्रिय खेल संघको दर्ता खारेज गरेको छ । कुनै गतिविधि नगरेकाले परिषद्मा दर्ता रहेका संघहरू खारेज गरेको राखेपले जनाएको छ ।
नेपाली फुटबलमा विवाद बढदै गएपछि जीवनराम श्रेष्ठ राखेप सदस्य सचिव हुँदा फुटबलको आधिकारिक निकायलाई टक्कर दिन नेपाल फुटबल संघ गठन गरिएको थियो । फुटबल विवाद ४ वर्ष रहँदा राखेपले यही नेपाल फुटबल संघलाई प्रयोग गरेको थियो ।
२०६७ मा तत्कालीन नेपाली फुटबल विवाद मिलेपछि नेपाल फुटबल संघको अस्तित्व हराएर गएको थियो ।
राखेपले दर्ता खारेज गरेको अन्य संघमा नेपाल जेनुइनमार्सल आर्ट संघ, नेपाल फ्युजनमार्सल आर्ट संघ, नेपाल खेलकुद योग संघ, नेपाल आर्म रेस्लिङ संघ, नेपाल लागूपदार्थ तथा एड्स संघ तथा नेपाल कर्पोरेट खेलकुद संघ छन् । खारेज भएका अधिकांश संघ अस्तित्वमा नरहेका संघ छन् ।
दर्ता भएयता साधारणसभा नगराएको र निष्क्रिय रहेको राष्ट्रिय संघ छानबिन समितिको प्रतिवेदनका आधारमा हाल पहिलो चरणमा सात संघको दर्ता खारेज गरिएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले बताए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले जिम्मेवारी सम्हाले लगत्तै निष्क्रिय संघहरूको दर्ता खारेज गर्ने प्रतिबद्धता जनाए अनुरूपको यो कदम भएको दाहालले जनाए ।
२०७२ साल पुस २ गते राखेप सदस्य शान्ति सिंहको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । राखेपद्वारा गठित उक्त समितिमा खेलकुद विकास विभागका अधिकृत ज्ञानेन्द्र श्रेष्ठ सदस्य तथा खेलकुद प्रतियोगिता तथा योजना विभागका अधिकृत शारंगिन निरौला सचिव थिए ।
फुटबल २०६५, जेनुइन २०६६, फ्युजन २०६७, योग २०६८, आर्म रेस्लिङ २०६५, लागूपदार्थ २०५७ तथा कर्पोरेट २०६३ सालमा राखेपमा दर्ता भएका थिए ।
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages