डाटा सेभ गर्ने सामसुङका दुई स्मार्टफोन - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Friday, June 24, 2016

डाटा सेभ गर्ने सामसुङका दुई स्मार्टफोन

जेष्ठ १३, २०७३- कोरियन स्मार्टफोन कम्पनी सामसुङले ५० प्रतिशतसम्म डाटा बचत गर्ने ग्यालेक्सी ‘जे फाइभ’ र ग्यालेक्सी ‘जे सेभेन’ नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले परिस्कृत फिचरसहित दुई स्मार्टफोन बजारमा ल्याएको हो ।
गत वर्ष मात्रै बजारमा आएको ‘जे फाइभ’ र ‘जे सेभेन’ को मोडलमा फिचरहरु थपेर २०१६ भर्सन ल्याएको हो ।
दुबै स्मार्टफोनमा अल्ट्रा डाटा सेभिङ मोड राखिएको छ । जसले ५० प्रतिशतसम्म डाटा बचत गर्ने सामसुङ नेपालका नायव महाप्रबन्धक प्रणयरत्न स्थापितले दाबी गरेका छन् ।
यो फिचरले इन्टरनेट चलाउँदा साइट र फाइलहरु सानो बनाइदिन्छ भने अल्ट्रा डाटा सेभिङ मोडले ब्याक ग्राउन्डमा चलेका अन्य एपलाई बन्द गरिदिन्छ ।
जसले गर्दा तपाईंले आफूले चलाएको एपमा मात्रै डाटा खर्च हुन्छ । अहिलेका अधिकांश मोबाइलमा डाटा अन गर्ने वित्तिकै व्याकग्राउन्डका एपहरु पनि खुल्छन् ।
यी दुबै स्मार्टफोनमा ‘एस बाइक मोड’  पनि रहेको छ । यदि तपाइँले यो मोडमा राखेर बाइक चलाउँदै हुनुन्छ भने कल गर्ने व्यक्तिलाई बाइक चलाइरहेको संकेत दिन्छ । साथै, यदि जरुरी काम भएमा १ थिच्न भन्छ । ‘कलर’ले एक थिचेपछि मात्र बाइक चालकको मोबाइल बज्छ ।
'एस बाइक मोडमा चालकले बाइक रोकेर मात्र फोन उठाउन मिल्छ,' स्थापितले भने, 'यो फिचरले मोबाइलका कारण हुने सवारी दुर्घटना कम गर्ने विश्वास गरिएको छ ।'
यी फोनको अर्को विश्षता भनेको अल्ट्रापावर सेभिङ मोड पनि हो । यसले चार्ज सकिन लागेको मोबाइलको ब्याट्री लाइफ बढाउँछ र केही समय फोन अन राख्न सहयोग गर्छ ।
जे सेभेनमा ३३०० र जे फाइभमा ३१०० एमएएच क्षमताको ब्याट्री छ ।


Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages