सिटौलाको सम्बन्धमा शीर्ष तहमा छलफल गरिने - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Sunday, June 26, 2016

सिटौलाको सम्बन्धमा शीर्ष तहमा छलफल गरिने

काठमाडौँ, १२ असार । न्याय परिषद्को सदस्य पदमा प्रस्तावित रामप्रसाद सिटौलाको सुनुवाइको वैधानिकता सम्बन्धमा उत्पन्न विवाद प्रमुख दलका शीर्ष नेतासँग छलफल गरी समाधान गरिने भएको छ ।
व्यवस्थापिका– संसद, संसदीय सुनुवाई विशेष समितिको आजको बैठकमा सिटौलाको सम्बन्धमा भएको छलफल पश्चात् समिति सदस्यले आफ्ना दलका शीर्ष नेतासँग छलफल गरी टुङ्ग््याइने सहमति भएको हो ।
बैठकमा भएको सहमतिपछि अब शीर्ष नेताहरुले छलफल गरी यस विषयको समाधान गर्नुपर्ने समिति सभापति कुलबहादुर गुरुङले राससलाई जानकारी दिनुभयो । समिति बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट २०७२ असोज १४ गतेको पत्रानुसार न्याय परिषद्को सदस्य पदमा प्रस्तावित सिटौलाको विद्यमान स्थितिका सम्बन्धमा छलफल भएको थियो ।
सभापति गुरुङले सिटौलाका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले फिर्ता गर्नुपर्ने कारण नभएको हुनाले त्यस सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको बताउनुभयो । “यसअघि संसदीय समिति थिएन भन्ने कतिपय सदस्यको भनाइ थियो, तर मैले समिति छ, मात्रै त्यसका पदाधिकारी थिएनन् भने, समिति स्थायी हो” उहाँले भन्नुभयो ।
बैठकमा सिटौलाको सम्बन्धमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पठाएको पत्र र प्रधानमन्त्री ओलीले पठाएको पत्र दुबैका बारेमा गहन छलफल भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “बैठकमा सदस्यहरुले प्रधानमन्त्री ओलीले सिटौलाका सम्बन्धमा गरेको काम ठिक थियो र अनावश्यक थियो भन्ने धारणा व्यक्त गरेका थिए ।”
Source:www.sabkura.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages