१२ वर्षे कलेवर फेर्ने जात्रा - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Friday, June 24, 2016

१२ वर्षे कलेवर फेर्ने जात्रा

असार ६, २०७३- विष्णुमती नदीकिनारामा अवस्थित विजयश्वरी देवीको १२ वर्षे कलेवर फेर्ने जात्रा सुरु भएको छ। जात्रामा अन्य जात्राजस्तो मुकुट नाच र खट यात्रा हुँदैन। जात्रामा विजयेश्वरी मन्दिर (विहार) मा रहेका ६ लिच्छविकालीन ऐतिहासिक योगिनी मूर्तिको कलेवर फेर्ने गरिन्छ। 
मूर्तिलाई तान्त्रिक विधिपूर्वक बहुमूल्य जडीबुटी, सुनचाँदीको प्रयोग गरी मर्मत, जीर्णोद्धार तथा सिँगारपटार गर्ने कार्यलाई कलेवर फेर्ने भनिन्छ। जात्रा सञ्चालनका लागि बिज्यास: बही (विहार) का सर्वसंघ (गुठीयार) का थकाली मोहनरत्न शाक्यको अध्यक्षतामा १२ जनाको मूल समिति गठन गरिएको छ।

जात्राका लागि ४ दिनअघि बिहानको शुभसाइतमा मन्दिरको विद्याधारी, नैरात्मादेवी, वज्रबाराही, वज्रयोगिनी र खड्ग योगिनीको जीवन्यास गरी कलशमा सारिएको थियो। साँझ नैरात्मादेवीबाहेक अन्य देवीलाई विष्णुमती र भद्रमती नदीको संगमस्थल निर्मल तीर्थमा पुर्‍याई महास्नान गराइएको थियो।
काठमाडौं १५ मा अवस्थित मन्दिरमा प्रत्येक महिनाको दशमीबाहेक जात्रा अवधि भर १२ पटकभन्दा बढी पूजा गर्ने चलन छ। जसअनुसार शनिबार रंगकोतुनेगु पूजा गरिएको थियो।

यसअघि साधना सिद्धि पूजा भनी पुरुश्चरण पूजा र जीवन्यास र महास्नान पूजा गरिएको थियो। पुरुश्चरण पूजाका लागि राष्ट्रप्रमुखले पूजा सामग्री पठाएका थिए। अब रंगा धी वासन (मूर्तिमा रङ लगाउन गरिने पूजा), अञ्जन साधन (आँखा लेख्दा गरिने पूजा), दृष्टिदान पूजा (आँखाको नानी लेख्दा), न्यास लु इगु (कलशमा सारिएको आत्मा पुन: मूर्तिमा प्रतिस्थापन गर्दा गरिने पूजा), दशकर्म प्रतिष्ठा पूजा, दरु पूजा, भष्म प्रवाह पूजा बाँकी छन्।

जात्रामा राष्ट्रप्रमुखले तीनपटक पूजा गर्ने चलन छ। सोहीअनुसार दुईपटक पूजा भइसकेको छ। कलेवर फेर्ने काम सकेपछि योगिनीको दर्शनका लागि आउने बेला गरिने पूजा बाँकी छ। अन्त्यमा फागुनमा मूल प्रतिष्ठा पूजा गरिसकेपछि जात्रा समापन हुन्छ। पूजामा मुख्य गुरु यज्ञमानपति वज्रचार्यको नेतृत्वमा सहायक २५ गुरु, गुरुमाँ संलग्न थिए। 

सोमबार चा का: वनेगु पूजा भनी म्हैपी पीठबाट विधिवत् रूपमा पूजा गरी माटो ल्याउने विजयश्वरी मन्दिरका पुजारी लोकरत्न शाक्यले बताए। ‘पूजा गर्दा समयबजी, सुगन र अन्य पूजा सामग्री अनिवार्य चाहिन्छ,’ उनले भने।

देवतालाई सिँगार्ने मर्मत गर्ने द्य: च्वइपी भनी इतुबहालका सुरेन्द्रमान शाक्य, सिघ बहालका पुरण शाक्य र सिख्व मू: बहालका शरद शाक्य छन्। उनीहरूका परिवारले पुस्तौंदेखि सिँगार्ने काम गर्दै आएका छन्। सिघ बहालका पुरणले कलेवर फेर्न मात्रै कम्तीमा २ महिना लाग्ने बताए। ‘माटोमा १२ थरीभन्दा बढीका बहुमूल्य जडीबुटी मिसाइन्छ,’ उनले भने, ‘त्यसपछि तान्त्रिक विधिपूर्वक कलेवर फेर्ने काम सुरु हुन्छ।’

पूर्वको साँखुमा खड्ग योगीनी, दक्षिण फर्पिङ वज्रयोगीनी, पश्चिममा विजयश्वरी र उत्तर बालाजुमा गुहेश्वरीको योगिनी स्थापना गरिएको भन्ने मान्यता छ।
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages