0
असार ६, २०७३- पाँच बर्ष मुनिका बालवालिकाहरुमा कुपोषणको अवस्थाका बारेमा बुझ्न तामाकोशी सेवा समितिका स्वास्थ्यकर्मीहरुले शनिबार सुनारपानीका घरदैलो चहारे ।
बालिबालिकाको पाखुराको नाप र उचाइ लिदै शीघ्र कुपोषणको अवस्थाका बारेमा पत्ता लगाउन दर्जन भन्दा बढी स्वास्थ्यकर्मीले सुनारपानीका विभिन्न वडाका १ सय ५० जना बालबालिकाको पाखुराको नाप र उचाई अनुसार तौल लिदा १२ जनामा मध्यमखालको कोपुषण रहेको पत्ता लगाए ।
सुनारपानीमा भेटिएका कुपोषित बालबालिकाहरु नयाँ हुन् । यसअघि जिल्लामा शीघ्र कुपोषित बालबालिका १ सय ७८ थिए भने मध्यम खालको कुपोषित हुने बालिबालिकाको संख्या २ सय ५० रहेको थियो । शनिबार स्वास्थ्यकर्मीले फेला पारेका सबै‌ बालबालिका मध्यमखालका कुपोषित हुन् । धेरै परिवारमा बालबालिकाहरुलाई पोषणयुक्त खाना दिनुपर्छ भन्ने कुराको ख्याल नगर्दा समस्या बल्झिदै गएको छ । वनीवुतो गरेर परिवारको पेट भर्ने परिवारमा धेरै वालकालिका कुपोषित भएका पाइएका छन् ।
युनिसेफको सहयोगमा जिल्लाका सवै गाविसमा पोषण सम्बन्धि काम गर्दै आएको तामाकोशी सेवा समितिले सुनारपानीका अतिरिक्त सालु,  खिम्ती, गेलु, पुरानागाउ र भिरपानी गाविसका घर दैलोमा पुगेर बालबालिकाको पाखुरा नाप्ने कार्यक्रम अघि सारेको छ । ‘चाँडै नै कुपोषित बालबालिकाहरुको पहिचानका लागि घरदैलो सक्ने योजनामा छौं,’ समितिका कार्यकारी निर्देशक गोविन्दप्रसाद घिमिरेले भने ।
भुइचाँलोपछि आपतकालिन अवस्थामा बालबालिकाहरुमा कुपोषण हुन सक्ने कुरालाई ध्यान दिएर युनिसेफले समिति मार्फत रामेछापका दुई नगरपालिका र सवै गाविसमा पोषणको कार्यक्रम सञ्चालन गरेको थियो । त्यसवेला जिल्लामा १ सय ७८ जना कडा खालका कुपोषित बालबालिका फेला परेका थिए । उनीहरुलाई कुपोषितबाट जोगाउनका लागि पोषणयुक्त खाना (आरयुटिएफ) गराइएको छ । समिति अन्तर्गत पोषण कार्यक्रमका जिल्ला संयोजक निदु दंगालका अनुसार अझै पनि शीघ्र कुपोषित बालबालिकाको संख्या ५६ रहेको छ । शीघ्रकुपोषित वालकालिकाहरु मध्ये पोषणयुक्त खानापछि १ सय २० भन्दा बढी बालबालिकाहरुको अवस्थामा सुधार आएको छ । त्यसैगरी मध्यमखालका कुपोषितलाई आरयुएसएफ उपलव्ध गराउदै आएको दंगालले वताए । उनका अनुसार सामान्य अवस्थाका झण्डै १७ हजार बालबालिकालाइ भने बालभिटा उपलव्ध गराइन्छ ।
बालबालिकाहरुले षोषणयुक्त खाना नपाउँदा उनीहरुको शारिरीक अवस्था कमजोर हुन्छ । कुपोषित हुनबाट जोगाउनका लागि पोषणयुक्त खानामा जोड दिनका लागि उक्त कार्यक्रम सञ्चालन गरीएको हो । भुकम्प पछि विस्तापित अवस्थामा धेरै बालबालिकाले भनेको समयमा खाना पाउन नसक्ने भएकाले त्यस्तो बेला पोषणको जरुरी हुन्छ । सुत्केरी र गर्भवती आमाहरुका लागि समेत युनिसेफले जिल्लामा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
Source:www.ekantipur.com

Post a Comment

 
Top