वेबसाइट अपडेट गर्न श्रमको निर्देशन - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Friday, June 24, 2016

वेबसाइट अपडेट गर्न श्रमको निर्देशन


जेष्ठ २४, २०७३- श्रम तथा रोजगार मन्त्रालयले अन्तर्गतका निकायहरुलाई आफ्ना वेबसाइट अपडेट गर्न सोमवार लिखित निर्देशन दिएको छ । वेवसाईट अपडेट नभएकोबारे कान्तिपुरको अनलाईन संस्करण र कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएपछि मन्त्रालयले निर्देशन दिएको हो ।


मन्त्रालयका सहायक प्रवक्ता शिवराज सेढाईंले मातहतका सबै निकायलाई वेबसाइटहरु नियमति अपडेट गर्न निर्देशन दिएको बताए । 'वेबसाइट नियमित अद्याबधिक गर्नु भनेर सबै निकायलाई निर्देशन दिईसकेका छौं' उनले भने, 'कान्तिपुरमा समाचार प्रशाशित भए लगत्तै मौखिक र सोमवार लिखित निर्देशन गरेका हौं ।'



देश-विदेशमा रहेका कामदार र सरोकार निकायलाई अद्याबधिक जानकारी दिईरहनु पर्ने मन्त्रालय मातहतका वेबसाईटहरुको हालत बिजोग भएको समाचार शनिवार प्रकाशित भएको थियो । 
अनलाईनमा शनिवार अपरान्ह समाचार प्रकाशित भएकै राती विभागले एक सातादेखि नफेरेको महानिर्देशको नाम फेरेर शत्रुघ्नप्रसाद पुडासैनीको राखेको थियो । विभागले चैत्र महिना देखि अपडेट नगरेको मासिक प्रगति विवरणमध्ये आईतवार वैशाख महिनाको राखेको छ । 



साता अघि सेवा निवृत भईसकेका कार्यकारी प्रमुखको नाम हटाएर 'सामाजिक सुरक्षा कोष' ले आईतवार नयाँ कार्यकारी निर्देशक अनिल गुरुङ सहित शाखा अधिकृत, नासु, कम्प्युटर अपरेटहरुको नाम सच्याएको थियो ।
श्रम तथा रोजगार मन्त्रालयले 'संबन्धित निकाय' भनेर वेवसाइटमा राखेको लिङ्कबाट भित्र पस्दा पुगिने 'बैदेशिक रोजगार न्यायाधिकरण' र 'व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य संबन्धी आयोजना'को वेवसाईट खुल्दैन । न्यायाधिकरणको वेवसाईट खोल्दा 'ब्याक टु होम पेज' र आयोजनाको लिंङ्क क्लिक गर्दा 'सरी' भनेर देखाउँछ । श्रम मन्त्रालय स्वयंले भने वैशाख १७ गते उद्घाटन गरेको द्रुत सुनुवाई समूह -स्यापिट रेस्पेन्स टीम) बारे वेवसाईटमा कुनै जानकारी राखेको छैन ।   
'व्यवसायिक तथा विकास तालिम केन्द्र', भैसेपाटी, ललितपुरको बेवसाईटमा 'रिसेन्ट एक्टिभिटी ताजा गतिविधी)' भनेर २०७१ सालको छ, त्योएक्टिभीटी पनि खुल्दैन । उसले केन्द्रको परिचय र दृष्टिकोण खण्डमा कुनै सामाग्री राखेको छैन । श्रम विभागको वेवसाईटका कभर पेजमा फोटोहरु दुई वर्षदेखि उस्तै छन् । नयाँ थपिएका छैनन् । 

Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages