0
जेष्ठ २९, २०७३- एकै ठाउँ धेरै समय बस्नु मुटुको स्वास्थ्यका लागि राम्रो हुँदैन। गतिहिनताले मुटुको धमनीमा क्याल्सियम जम्ने मात्रा बढ्छ, जसले हृदयाघातको जोखिम पनि बढाउँछ।

दुई हजार व्यक्तिमा गरिएको यो अध्ययन ‘जर्नल अफ अमेरिकन कलेज अफ कार्डियोलजी’ मा प्रकाशित छ। अध्ययनले के देखाउँछ भने लामो समयसम्मको बसाइ राख्नु र मुटुमा ‘एथेलोस्केलोसिस’ को निर्माणमा सम्बन्ध छ।

दिनहुँ सामान्यभन्दा एक घण्टा अतिरिक्त बस्नाले ‘कोरोनरी आट्री क्याल्सिफिकेसन’ को खतरा बढ्छ। दिनहुँ बस्ने समयमा एकदेखि दुई घन्टाको कमी गर्नाले मुटु रक्तनली सम्बन्धी स्वास्थ्यमा प्रभावकारी सकारात्मक असर पर्छ।

थुप्रै व्यक्तिको जागिर डेस्कमा बसेर काम गर्ने खालको हुन्छ। यतिसम्म कि आठ घन्टा निरन्तर बस्नुपर्नेसमेत हुने गरेको छ। अध्ययनले यस्ता व्यक्तिलाई आफ्नो काममा केही–केही समयमा निरन्तर ‘अवकाश’ लिने र केही समयमा उठेर हिँड्ने सल्लाह दिएको छ।
Source:www.ekantipur.com

Post a Comment

 
Top