पाेखरमा अम्बरको सम्झना - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Thursday, June 30, 2016

पाेखरमा अम्बरको सम्झना

असार ८, २०७३- अम्बर तिमी संगीतका शिखर, 
संगीतका चोली हौ, 
नेपाली संगीत यो फूलबारीको अमूल्य माली हौ। 
अम्बर तिमी नेपाली मन मुटुका धुन हौ, 
उज्यालो दिने, शीतल दिने घाम र जुन हौ।

पोखरा उद्योग वाणिज्य संघको हल। खचाखच संगीतप्रेमी। प्राज्ञ हरिदेवी कोइरालाले दिवंगत संगीतज्ञ अम्बर गुरुङको सम्झनामा कविताका यी हरफ सुनाउँदा तालीको गडगडाहटसँगै हलको रौनक संगीतमय बन्यो। विश्व संगीत दिवसका अवसरमा अलि मियाँ लोक वाङ्मय प्रतिष्ठानले अन्य १७ वटा वाङ्मय संस्थाको सहकार्यमा मंगलबार स्वर्गीय संगीतज्ञ गुरुङको सम्झना गर्‍यो।
कार्यक्रममा लोकधुन, लोकगीत, भक्तिसंगीत, भजन, लोकदोहोरी, आधुनिक गीत, लोकबाजा, शास्त्रीय संगीतलगायत सांगीतिक प्रस्तुति गरिएको थियो। ‘अम्बर गुरुङको सांगीतिक योगदान सधंै जीवित रहनेछ,’ अलि मियाँ लोक वाङ्मय प्रतिष्ठानका कोषाध्यक्ष तुलसी प्रवासले भने।

कार्यक्रममा विभिन्न क्षेत्रका ५ जनालाई सम्मान पनि गरियो। वरिष्ठ गायिका बाबा राणा, संगीतकार तथा नृत्य निर्देशक बुद्धिप्रसाद गुरुङ (गौरी) र जयकुमार परियार, अलि मियाँबारे विद्यावारिधि गरेका साहित्यकार तथा समालोचक बाबुराम अधिकारीलाई सम्मानपत्र र दोसल्ला ओढाइएको हो। त्यस्तै, नवोदित गायिका ऋतु लामालाई जोजिजु म्युजिक सेन्टरले ५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान पनि गर्‍यो। कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइरालाले संगीतका धरोहरलाई यसरी सांगीतिक प्रस्तुतिबाट सम्झनु सराहनीय भएको बताए। 

Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages