काठमाडौँ: मुलुकमा हाल मनसुनी वायुको प्रभाव कायम रहे पनि जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिनसम्म भारी वर्षा नहुने अनुमान गरेको छ।
मौसमविद्का अनुसार अधिकांश क्षेत्रमा मध्यम खालको वर्षा हुने सम्भावना रहेकाले बाढी र पहिरोको जोखिम केही कम भएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मध्यम सम्मको वर्षा र मधेश प्रदेशका केही क्षेत्रहरूमा मेघ गर्जन चट्याङसहित मध्यम सम्मको वर्षाको सम्भावना छ भनि उनले जानकारी दिए । उनले वास्तविक वर्षा हुने क्रम भने हिजो-अस्ति भन्दा भोलि र पर्सि अलिकति कम हुने जस्तो देखिएको बताए।
प्रभावमा आधारित रहेर पनि पूर्वानुमान गर्ने अभ्यास भएको छ भन्दै उनले जल तथा मौसम विज्ञान विभागले हालसम्म निरन्तर जानकारी दिने कार्य गरिरहेको जणना गरे ।
.jpeg)

No comments:
Post a Comment