जापानमा दुई दिने नेपाल फेस्टिबल हुँदै - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Sunday, July 3, 2016

जापानमा दुई दिने नेपाल फेस्टिबल हुँदै

असार १४, २०७३- नेपाली उत्पादन र व्यवसायको अन्तर्राष्ट्रियस्तरमा पहिचान बढाउन तथा नेपाली कलासंस्कृति मार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जापानमा नेपाल फेस्टिबल  हुने भएको छ ।
गैरआवासिय नेपाली सघंको आयोजना, नेपाली राजदूतावास र नेपालस्थित परराष्ट्रमन्त्रालयको विशेष सहयोग तथा जापानमा सक्रिय नेपाली सघंसस्थाको सहकार्यमा टोकियोको योयोगीपार्कमा अगस्ट ६ र ७ मा नवौं नेपाल फेस्टिबल हुने भएको हो ।
नेपाली व्यवसायको पहिचान मार्फत पर्यटन प्रवर्द्धन गर्ने प्रमुख उद्देश्यले दुई दिने मेला अर्थात ‘नेपाल फेस्टिबल २०१६’ हुन लागेको आयोजक समितिका संयोजक तथा गैरआवासिय नेपाली सघं जापानका अध्यक्ष सुदन थापाले बताए । 
नेपाल जापान सम्बन्धको ६० औं वर्षगाठ पुगेको अवसर पारेर सबै जसो स्टलहरुमा व्यानर एकै प्रकारको बनाइने र नेपाली कला संस्कृति तथा नेपाली पेशा व्यावसायलाई प्राथमिकता दिइएको छ । मेला सफल पार्न सुदन थापाको संयोजकत्वमा विभिन्न समिति तथा उपसमितिहरु तोकिएको छ ।
आयोजकका अनुसार फेस्टिबल नेपाल र नेपालीको चिनारी तथा व्यापारिकपक्षसँगै पर्यटन प्रवद्र्धन केन्द्रित हुने छ । यस्तै यसलाई अहिलेसम्मकै व्यवस्थित र भव्य रुपमा सम्पन्न गर्न तयारी तिब्र पारेको समेत आयोजकले जनाएको छ ।
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages