दुई बेलायतीलाई आफ्नो भन्दा नेपाल चिन्ता - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Sunday, July 3, 2016

दुई बेलायतीलाई आफ्नो भन्दा नेपाल चिन्ता

असार ११, २०७३- सायद भूपू गोर्खा र नेपालीको हितका लागि दुई बेलायती नागरिक एनी वाट्सम र ग्राहेम ग्रान्टलाई जति चिन्ता अरुलाई कमै होला ।
सन् २००८ मा गोर्खा न्यायिक अभियन्ता पिटर क्यारोलले भूपू गोर्खाहरुको आन्दोलनमा साथ दिइरहेका थिए । त्यही बेला एनीले अभिनेत्री जोआना लुम्लेलाई अभियानमा सामेल गराउन पहल गरिन् र गोर्खा आन्दोलन सफल पनि भयो । पेशाले पत्रकार एनी त्यसयता भूपू गोर्खाहरुसँग धेरै नै घुलमिल भइन् । यसै क्रममा सन् २०११ मा एभरेष्ट इन ग्रुपका पशुपति भण्डारी र यादव भण्डारीसँग सम्पर्कमा आएपछि एनी र ग्राहेम नेपाली समुदायमा झन् परिचित भए । गत वर्ष भूकम्पका बेला यी दुई बेलायती भण्डारी दाजुभाइसँग मिलेर पीडितका लागि राहत जुटाउन अहोरात्र खटिए ।
थाकिनन् एनी । एनीले सन् २०१२ मा ग्रीएसन पब्लिकेसन्स्का तर्फबाट नेपाली खाना बनाउन सिकाउने एउटा पुस्तक ‘दी अल्टिमेट नेपलिज कुक बुक’ सम्पादन र प्रकाशन समेत गरिन् जसमा भूपू गोर्खा सेफ पेम्बा लामाले लेखेका थिए । दुई वटा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल उक्त पुस्तकबाट गोर्खा वेलफेयर ट्रष्टलाई सहयोग समेत गरिएको थियो । फेरि उक्त ट्रष्टलाई सहयोग गर्ने गरि एनी र ग्राहेमले सेभेनओक्स् केन्टको पुरानो भवनमा ‘ग्रीएसन ग्यालरी’ स्थापना गरेका छन् । सेभेनओक्स् मेयर काउन्सिलर एन्ड्रियू आइरेले गत साता एक समारोहबीच ग्यालरी उद्‍घाटन गरे । उक्त ग्यालरीमा गत साताबाट पहिलो चित्रकला प्रदर्शनी शुरु भएको छ र प्रदर्शनीमा काठमाण्डू बस्ने कलाकार एनबी गुरुङका चित्र समावेश छन् । प्रदर्शनीबाट नेपालको चिनारी अरु बढ्ने अपेक्षा एनी र ग्राहेमलाई छ । चित्रले नेपालको प्राकृतिक सौन्दर्यतामात्र होइन, भूकम्पबाट विक्षिप्त संरचना पनि झल्काइरहेको देखिन्थ्यो ।
ग्यालरी उद्‍घाटनका अवसरमा नेपाल पर्यटन बोर्डका मानार्थ जनसम्पर्क यूके प्रतिनिधि पशुपति भण्डारीले यस्तो ग्यालरीबाट नेपालको पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने आशा व्यक्त गरे । उनले आगामी ३ जुलाईमा एल्थाम प्यालेसमा वर्ल्ड कल्चरल फेस्टिबल र २४ जुलाईमा आसफोर्ड केन्टमा हुन लागेको च्यारिटी इभेन्टमा नेपाल पर्यटनको प्रचार प्रसार गरिने जानकारी पनि दिए ।
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages