बेलायतमा नेपाली सेफ अभाव - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Sunday, July 3, 2016

बेलायतमा नेपाली सेफ अभाव

जेष्ठ १८, २०७३- दुई वर्षअघि सिभिल इन्जिनियर पब किन्दा व्यवसायी बल रायमाझी जति उत्साहित थिए, अहिले परिस्थिति त्यस्तो रहेन । ग्राहकको कमी पनि होइन, प्रत्येक सप्ताहान्त नेपालीका कार्यक्रमले व्यवसाय चलिरहेको थियो । तर, भान्सामा सेफ अभावले उनी रेस्टुरेन्ट बन्द वा बिक्री गर्ने सोचमा पुगिसकेका छन् ।
‘दुई साता अघिमात्र हेड सेफले छाडेपछि व्यापार चौपट भएको छ,’ उनले गुनासो गरे, ‘अहिले अस्थायी सेफले काम चलाइरहेको छु । बारम्बार सेफ फेरिरहँदा खानाको स्वाद फरक हुने भएकाले ग्राहक पनि घटेका छन् ।’
७ महिना अघिमात्र सरस नामक रेस्टुरेन्ट किनेका मिलन केसी अहिले व्यवसाय चलाउँm कि छाडूँको स्थितिमा छन् । उनले भोगेको संकट अरू केही नभएर सेफसहितका जनशक्ति अभाव नै हो ।
‘किचेनमा पकाउने भान्से पर्याप्त नभएपछि धेरै अर्डर नआइदिए हुन्थ्यो जस्तो हुन थालेको छ,’ उनी वास्तविकता सुनाउँछन् । बेलायत सरकारको कडा अध्यागमन नीतिका कारण तेस्रो मुलुकबाट दक्ष सेफ झिकाउने बाटो बन्द भएपछि अहिले नेपाली रेस्टुरेन्टहरू जनशक्ति अभावले गुज्रिरहेको सानो उदाहरण हो यो ।
 
नेपाली खाना पकाउन नेपाली र एसियनले मात्र सक्ने भएकाले व्यवसायीहरू अहिलेकै जस्तो अभाव रहिरहे रेस्टुरेन्ट बन्दको विकल्प देख्दैनन् ।

बेलायतमै भएका धेरैजसो नेपाली सेफ आवासीय अधिकार (पीआर) पाएपछि अन्यत्र राम्रो जागिरतिर लागेका र बाह्य मुलुकबाट दक्ष सेफ आउने विकल्प बन्द भएपछि संकट चुलिएको व्यवसायीको बुझाइ छ । नेपलिज सेफ एसोसिएसन यूकेका अध्यक्ष कृष्ण तिमल्सिनालाई अचेल व्यावसायिक सेफ चाहियो भन्ने कल दिनहुँ आउँछन् ।
एउटा इन्डियन रेस्टुरेन्टमा लामो समयदेखि ‘हेड सेफ’ रहेका उनी यस क्षेत्रमा लागेको करिब अढाई दशक भएको छ । पछिल्लो तीन वर्षयता उनले यस्तो अचाक्ली संकट भोगेका हुन् ।
‘व्यवसाय नचलेर भन्दा सेफ पाइएन भन्ने गुनासो व्यवसायीको बढी छ,’ उनी भन्छन्, ‘पहिले सेफले काम चाहियो भनेर हैरान गर्थे तर अहिले ठीक विपरीत व्यवसायीहरू सेफको खोजीमा भौंतारिरहेका छन् ।’
सेफ संकट टार्न एसोसिएसनले प्रशिक्षण दिएर रेस्टुरेन्टमा उपलब्ध गराउने सोच बनाइरहेको पनि तिमल्सिनाले बताए ।
‘हामीले बेलायत सरकारले कडा नियम ल्याएसँगै नेपाली सेफहरूलाई संगठित गर्न र आपतविपतमा साथ दिन एसोसिएसन गठन गरेका थियौं,’ उनी प्रस्ट्याउँछन् । नेपाली रेस्टुरेन्ट सञ्चालकले ज्याला पर्याप्त नदिँदा सेफ अभाव भएको कतिपयको बुझाइ छ ।
तर, व्यवसायी पैसा मुख्य कारण नभई यहाँको आवासीय अधिकार पाइसकेपछि सेफहरूले सुनौलो भविष्यका लागि अन्यत्र जाने क्रम
बढ्दा संकट अरू चुलिएको दाबी गर्छन् ।

‘साताको ५, ६ सय पाउन्ड दिँदा पनि सेफ पाइन्न,’ रायमाझी भन्छन्, ‘कुनै समय नेपाली व्यवसायीले वर्क परमिट दिएपछि नेपालीलाई कम ज्यालामा खुम्च्याएको कुरा साँचो हो तर अहिले बेलायती कानुनअनुसार तलब, सेवा सुविधा दिँदा पनि मान्छे पाइन्न ।’
यस्तो समस्याबाट नेपाली व्यवसायीमात्र होइन, बंगाली र इन्डियन रेस्टुरेन्ट झन् प्रताडित छन् । यूकेमा रहेका १२ हजार करी हाउस (रेस्टुरेन्ट) मध्ये एक तिहाइ बन्द हुने चिन्ता व्यवसायीमाझ छ ।
जनशक्ति अभावले रेस्टुरेन्ट उद्योग नै धराशायी बन्ने चिन्ताबीच बेलायत सरकारसँग नेपालीसहित इन्डियन, बंगाली व्यवसायीहरूले पटकपटक ज्ञापनपत्र बुझाए पनि सरकार यसबारे सुन्ने पक्षमा छैन ।
करी उद्योगले बेलायती अर्थतन्त्रमा बर्सेनि ४ दशमलव ५ बिलियन पाउन्ड योगदान गरिरहेको र एक लाख जनालाई रोजगारी दिइरहँदा पनि सरकार आफूहरूप्रति अनुदार बनेको व्यवसायीको गुनासो छ।
नेपालीको जनसंख्या वृद्धिसँगै यहाँ नेपाली रेस्टुरेन्ट पनि बढेका छन् । नेपलिज क्याटरर्स एसोसिएसन यूकेका अध्यक्ष विजय थापाको भनाइमा बेलायतमा अहिले नेपालीले सञ्चालन गरेका रेस्टुरेन्ट करिब २ सय ५० छन् ।
बेलायतमा खुलेका नेपाली रेस्टुरेन्टले व्यापार मात्र होइन, नेपाली पहिचान, संस्कृति, परिकारलाई पनि प्रवद्र्धन गरिरहेको थापा बताउँछन् ।
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages