जाजरकोटमा अस्पताल निर्माणका लागि नेपाली डायस्पोरालाई सहयोगको अपील - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Sunday, July 3, 2016

जाजरकोटमा अस्पताल निर्माणका लागि नेपाली डायस्पोरालाई सहयोगको अपील

असार १, २०७३- जाजरकोटका सांसद राजीवविक्रम शाहले अमेरिकावासी नेपालीहरुलाई जाजरकोटको एक अस्पताल निमार्णमा सहयोग गरिदिन अनुरोध गरेका छन् ।
राष्ट्रसंघीय एड्स सम्बन्धी संसारभरका विधायकहरुको सम्मेलनमा भाग लिन न्यूयोर्कमा रहेका शाहले कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिति अमेरिकाद्वारा आयोजित एक अन्तर्क्रियामा सो अनुरोध गरेका हुन । सांसद शाहले जाजरकोटमा बर्षेनी झाडापखाला लगायतका विभिन्न रोग प्रकोपले धेरैको अकालमा मृत्यु हुने बताउँदै नेपाली डायस्पोरालाई मानवीय कार्यमा सहयोग गर्न आग्रह गरे । उनले भने, ‘ एक सांसदको हैसियतमा पश्चिम जाजरकोटमा ५० बेडको अस्पताल बनाउने योजना छ । मैले व्यक्तिगतरुपमा ५० लाख लगानी गर्दैछु । अमेरिकाबाट ५० लाख सहयोग गरिदिनुस् । त्यो तपाईंहरुको ठूलो गुण हुनेछ ।’ उनले अमेरिका लगायतका अन्य विकसित मुलुकहरुमा अस्पताल निर्माणबारे आर्थिक सहयोगका लागि कार्यक्रम गरिने जानकारी दिए ।
कार्यक्रममा शाहले अमेरिकामा रहेका नेपाली कांग्रेसका सर्मथकहरुलाई यहाँ बसेर नेपालको राजनीतिको साटो अमेरिकाकै राजनीतिमा सक्रिय हुन सुझाव दिएका थिए । उनले भने ‘आर्थिक, सामाजिक एवम मानवीय सहयोग मार्फत जन्मेको देशप्रति माया दर्शाउन सकिन्छ । तर राजनीतिको सवालमा त्यति सम्भव छैन् । यहिँ गर्नुस्, राजनीति ।’
भिन्न पृष्ठभूमिबाट राजनीतिमा होमिएका शाहले आफू ठूलो आशाले राजनीतिले होमिए पनि शक्ति केन्द्रित राजनीतिले आफू चिन्तित भएको बताए । उनले मुलुकमा स्पष्ट वैदेशिक एवं अर्थनीति नभएको बताए ।
 
कार्यक्रममा अर्का अथिति पूर्व सभासद महेन्द्र जिसीले कांग्रेसको आन्तरिक सर्घषले मुलुकलाई क्षति भएको बताए । उनले कांग्रेसले धेरै पटक सरकारमा अवसर पाए पनि पार्टीको आन्तरिक खिचातानीले जनताको चाहनालाई उचित सम्बोधन गर्न नसकेको बताए । कार्यक्रममा कांग्रेस नेता त्रैलोक्य सेन, जनसम्पर्क अध्यक्ष आनन्द विष्ट, पूर्वअध्यक्ष बिष्णु सुवेदी एव‌ं कानुनविद् खगेन्द्र जीसीले आआफ्नो धारणा राखेका थिए ।

Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages