‘नेपाल सुरक्षित छ’ भन्दै कोरियामा प्रचार - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Friday, July 1, 2016

‘नेपाल सुरक्षित छ’ भन्दै कोरियामा प्रचार

असार ४, २०७३- भूकम्पपछि पनि नेपालको अवस्था ठीक रहेको भन्दै दक्षिण कोरियामा तीब्र प्रचार गरिएको छ । कोरिया वर्ल्ड ट्राभल फेयरको ३१ औं सम्मेलनमा नेपाली राजदूतावास, नेपाल पर्यटन बोर्ड र नाटाको पश्चिम शाखा पोखराले संयुक्त रुपमा प्रचार गरेका हुन् ।
सम्मेलनमा कोरियाका लागि नेपाली  काबा राजदूत किरण शाक्यले दुई देशको आपसी सहयोगको चर्चा गर्दै नेपालको विकास प्रकृया र पुनर्निर्माणमा कोरिया सरकारले गरेको सहयोगका लागि धन्यवाद ब्यक्त गरेका थिए । उनले नेपाल सबै किसिमका पर्यटकले सबै खालका अनुभव लिन सक्ने एक मात्र देश रहेको जिकिर गरे ।
नेपाल सरकार  र नेपाल पर्यटन बोर्डका प्रतिनिधिद्वय चिरञ्जीवी खनाल र उदय भट्टराईले नेपालमा पर्यटन  सम्बन्धि कार्यक्रम लैजानुपर्ने र भुकम्पले पर्यटन क्षेत्रलाई असर पारेको बारेमा प्रकाश पारेका थिए ।
कोरिया वर्ल्ड ट्राभल फेयर (कोट्फा) का अध्यक्ष सिन जोङ मोकले पर्यटन प्रवद्दन गर्न नेपाललाई सक्दो सहयोग गर्ने र  अवकाशपछि आफू नेपाल गएर नेपालको पहाडी क्षेत्रमा कफी खेति गरेर  बस्ने इच्छा व्यक्त गरे ।
कोरिया प्रेस सेन्टरमा भएको कार्यक्रम संचालन गर्दै पर्यटन बोर्डका कोरिया प्रतिनिधि केपी सिटौलाले सञ्चारमाध्यममा आए जस्तो नेपालको पर्यटकीय संरचना विनास नभएको जानकारी दिदैं कोरियाली पर्यटकलाई भूकम्पपछिको अवस्था बुझ्न र अप्ठ्यारो परेका बेला सघाउन एक चोटी अनिवार्य नेपाल जान आग्रह गरेका थिए ।
कोरियाका पर्यटन व्यवसायी,पत्रकार, नेपाल पर्यटन बोर्ड, नेपाल सरकारका, पोखरा क्षेत्रका पर्यटन ब्यबसायी लगायत सयौंको संख्यामा उपस्थित रहेको कार्यक्रममा पर्यटन सम्बन्धी विभिन्न ब्यक्तिले नेपालको  पर्यटन सम्भावना बारेमा मन्तव्य राखेका थिए ।
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages