ढाकामा आतंककारी हमला, क्याफेमा बन्धक बनाई २० को हत्या - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Monday, July 4, 2016

ढाकामा आतंककारी हमला, क्याफेमा बन्धक बनाई २० को हत्या

असार १८, २०७३- बंगलादेशको राजधानी ढाकास्थित एक क्याफेमा इस्लामिक स्टेट (आईएस) ले आतंककारी हमला गरी २० जनाको हत्या गरेको छ । मृतक सबै विदेशी नागरिक भएको सेनाको भनाइ छ ।

बन्दुकधारीले शुक्रबार बेलुकी होली आर्टिसन बेकरी क्याफेमा हमला गरी त्यहाँ रहेका मानिसलाई बन्धक बनाएर धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् ।
एक सरकारी अधिकारीका अनुसार आक्रमणकारीमध्ये ६ जना मारिएका छन् । एक पक्राउ परेका छन् । इस्लामिक स्टेट (आईएस) ले घटनाको जिम्मा लिएको छ ।  
त्यतिखेर खास गरी गार्मेन्ट उद्योग क्षेत्रमा कार्यरत मानिस क्याफेमा खाना खाइरहेका थिए । मानिसहरूले रमादानको व्रत तोड्ने तर्खर गरिरहेका बेला आतंककारीले क्याफे कब्जा गरेका हुन् । ‘यो एउटा अत्यन्त आततायी घटना हो,’ प्रधानमन्त्री शेख हसिना बाजेदले भनिन्, ‘यी कस्ता मुस्लिम होलान् ? यिनको कुनै धर्म नै छैन । मेरो सरकार बंगलादेशबाट आतंकवाद र हतियारबद्ध विद्रोह नामेट गर्न प्रतिबद्ध छ ।’
बंगलादेशको डेली स्टार समाचारपत्रका अनुसार बन्दुकधारीले कुरान पढ्न नजान्ने जोकोहीलाई यातना दिएका थिए । उनीहरूले बंगलादेशी बन्धकलाई चाहिँ खानासमेत दिएका थिए । क्याफेका सुपरभाइजर सुमोन रेजा गुल्सन आक्रमण सुरु हुँदा त्यहीं थिए तर उनी छानाबाट निस्केर भाग्न भ्याए । ‘विस्फोट हुन थालेपछि पूरै भवन पो हल्लियो, मचाहिँ छानाबाट हामफालेर कुदिहाले,’ उनले भने । क्याफेकी छिमेकी रसिला रहिमका अनुसार ८ बजेतिर गोलीका आवाज सुनिएका हुन् ।
कम्तीमा ९ जना हतियारधारी छिरेर क्याफमा गोली प्रहार गर्न थालेका हुन् । उनीहरू ‘अल्लाह अकबर’ भन्दै छिरेका थिए । उनीहरूसँगको भिडन्तमा कम्तीमा २ प्रहरी मारिएका छन् । ३० जना घाइते भएका छन् ।
सुरक्षित मानिएको क्षेत्रमा रहेको क्याफेमा हमला गरेर सन्देश दिन खोजिएको देखिन्छ । मुस्लिम धार्मिक पर्व इद अल फिद्रको अन्तिम सप्ताहान्तमा यो घटना भएको हो । यो क्याफे विदेश र मध्यमवर्गीय बंगलादेशीमाझ लोकप्रिय छ । ढाकाको गुल्सन जिल्ला अत्यन्त सुुरक्षित क्षेत्र मानिन्छ । थुप्रै देशका दूतावास र गैरसरकारी अन्तर्राष्ट्रिय संस्थाका कार्यालय यहाँ छन् । बंगलादेशका पनि अत्यन्त धनी मात्र त्यहाँ बस्छन । गत वर्ष संकित आतंककारीबाट एक इटालियाली सहायता कार्यकर्ता मारिएपछि सरकारले सुरक्षा व्यवस्था कडा पारेको थियो । सेक्युरिटी चेक पोस्ट पार नगरिकन गुल्सन जिल्लामा प्रवेश गर्न गाह्रो छ । पछिल्ला ३ वर्षमा बंगलादेशमा अतिवादीद्वारा ४० जना मारिएका छन्, जसमा बढीजसो धर्मनिरपेक्षताको पक्षमा बहस गर्ने ब्लगर, लेखक, अधिकारकर्मी, प्राज्ञ र धार्मिक अल्पसंख्यक छन् । होली आर्टिसन क्याफेमा भएको आक्रमण निकै योजनाबद्ध देखिन्छ ।
आईएसको तथाकथित इमाक समाचार एजेन्सीले विभिन्न मुलुकका २० जनाभन्दा बढी मारिएको जनाएको छ ।
सेनाका लेफटिनेन्ट कर्नेल टुफिन मसुदका अनुसार वार्ताका लागि गरिएको प्रस्ताव बन्दुकधारीले स्वीकार गरेनन् । घटनाको १२ घण्टापछि मात्र सुरक्षाकर्मी भित्र छिर्न सकेका थिए ।
सेनाले मृतक सबै विदेश हुन भने पनि अपुष्ट समाचारमा कम्तीमा एक बंगलादेशीसमेत परेको दाबी छ । भारतीय विदेश मन्त्रालयले एक भारतीय युवती पनि आक्रमणमा मारिएको जनाएको छ । बंगलादेशी सेनाका ब्रिगेडियर जनरल नाइम असरफ चौधरीका अनुसार आतंककारीले धारिलो हतियार प्रयोग गरी आततायी आक्रमण गरेका हुन् ।

इटालीका प्रधानमन्त्री माटियो रेन्जीले आफ्ना नागरिकहरू परेको जनाएका छन् । उनले पीडित परिवारलाई समवेदना व्यक्त गरेका छन् । इटालियाली समाचार एजेन्सी अन्साका अनुसार १० जनासम्म इटालियाली नागरिक अहिलेसम्म सम्पर्कविहीन अवस्थामा छन् ।
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages