0
असार २४, २०७३- फ्रान्स युरोकप- २०१६ को फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनल खेलमा विश्व च्याम्पियन जर्मनीलाई २-० गोल अन्तरले हराउँदै फ्रान्स १६ वर्षपछि युरोकपको फाइनलनमा प्रवेश गरेको हो ।
आयोजक देश फ्रान्सका एन्टोनी ग्रिज्मनले दुई गोल गर्दै फ्रान्सलाई फाइनल तर्फ डोर्‍याए । जर्मनी विरुद्धको जितमा फ्रान्सका लागि ग्रिज्मनले दुबै हाफमा गोल गरे। पहिलो हाफको थपिएको समयमा पेनाल्टी मार्फत गोल गर्दै ग्रिज्मनले फ्रान्सलाई अग्रता दिलाएका थिए । जर्मनीका कप्तान बास्टिन स्वाइन्स्टेन्गरले पेनाल्टी एरियामा बल ह्याण्ड गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो ।
एक गोल खाएपछि जर्मनी दोस्रो हाफमा खेलमा फर्कने प्रयारत भएपनि ७२ औं मिनेटमा फेरि ग्रिज्मनले दोस्रो गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए  । त्यसपछिको समयमा दुबैतर्फबाट गोल भएन र फ्रान्सले जर्मनीलाई २–० ले हराउँदै फाइनलमा प्रवेश गर्‍यो ।
खेलमा जर्मनीले पटक-पटक गोल गर्ने राम्रा अवसर प्राप्त गरेपनि बललाई जाली चुमाउन भने सकेन ।
फ्रान्सले अब उपाधिको लागि आगामी शनिबार राति पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ।
Source:www.ekantipur.com

Post a Comment

 
Top