धुर्मुस सुन्तली फाउन्डेशनलाई बेलायतबाट २० लाख रुपैयाँ - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Friday, July 1, 2016

धुर्मुस सुन्तली फाउन्डेशनलाई बेलायतबाट २० लाख रुपैयाँ

असार ३, २०७३- बेलायतको एउटा च्यारिटी संस्था हेल्प नेपाल फाउन्डेशनले धुर्मुस सुन्तली फाउन्डेशनलाई २० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
बुधबार साँझ लन्डनमा एक पत्रकार सम्मेलन गरि फाउन्डेशनले उक्त रकम दिने जानकारी दिएको हो । प्रतिवद्धता गरिए बमोजिमको रकम केही दिनभित्रै बैंक मार्फत नेपाल पठाइने हेल्प नेपाल फाउन्डेशनका कोषाध्यक्ष नारायण सापकोटाले जनाए । फाउन्डेशनले बेलायतमा चन्दा अभियान मार्फत उक्त रकम संकलन गरेको हो ।
पत्रकार सम्मेलनमा अध्यक्ष दिनेश शर्माले फाउन्डेशनले धुर्मुस सुन्तली फाउन्डेशनको मेलम्ची, सिन्धुपाल्चोकस्थित गिरान्चौर एकीकृत वस्ती निर्माण परियोजनाका लागि रकम दिने निर्णय गरेको जनाउँदै सही समयमा सही सदुपयोग हुने विश्वाससहित धुर्मस सुन्तलीलाई रोजिएको बताए । ‘भूकम्प लगत्तै संकलित रकम तत्काल दिन सकिन्थ्यो तर त्यतिबेला हामीले पैसा सदुपयोग हुने देखेनौं,' शर्माले भने, ‘सही समय कुरिरहेको बेला धुर्मुस सुन्तलीको सामाजिक कामबाट प्रभावित भएर उनीहरुलाई सहयोग गर्ने निधो गरेका हौं ।’
हाँस्यकलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले भूकम्पपछि स्थापना गरेको उक्त फाउन्डेशनले यतिखेर गिरान्चौर एकीकृत वस्ती निर्माण परियोजना अन्तर्गत ६५ घर निर्माण गरिरहेको छ । उक्त परियोजनाको अनुमानित लागत ४ करोड रुपैयाँ भन्दा बढी छ । परियोजनाका लागि धुर्मुस सुन्तलीको जोडीलाई अहिले विश्वभरबाट सहयोग जुटिरहेको छ ।
कार्यक्रममा सचिव रुसी श्रेष्ठले भूकम्पको भोलिपल्ट स्थापित फाउन्डेसनले वर्ष दिनभित्र गरेका गतिविधिबारे प्रकाश पारेकी थिइन् । फाउन्डेशनले भूकम्प लगत्तै ५ हजार पाउण्ड बराबरको औषधिसहित राहत सामाग्री र करिब ४ लाख रुपैयाँको त्रिपाल पीडितलाई बांडेको थियो ।
तस्बिर: मिलन तमु

Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages