मुगुकाे मुन्दुमा केही छैन एसएलसी पास - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Friday, June 24, 2016

मुगुकाे मुन्दुमा केही छैन एसएलसी पास

असार ७, २०७३- पिना गाविसको मुन्दु गाउँमा अहिलेसम्म एक जनाले पनि एसएलसी उत्तीर्ण गर्न सकेका छैनन् । 
करिब ५३ घरधुरी रहेको गाउँ एसएलसीविहीन छ । गाउँमा प्राथमिक विद्यालय छ । कक्षा ५ देखि माथि पढ्न चार घण्टा हिँडेर टोप्ला नामक गाउँ पुग्नुपर्छ । टाढा भएकाले प्राथमिक तहमै पढाइ छाड्ने गरेका छन् । 


यस गाउँबाट अहिलेसम्म १२ जनाले एसएलसी दिएका छन् । उत्तीर्ण भने कसैले गर्न सकेका छैनन् । गाउँमा लेखापढी गर्नु परे छिमेकी गाउँ कोटीलाबाट मान्छे खोजेर ल्याउनुपर्छ । 



‘लाजमर्दो अवस्था छ, यत्रो गाउँमा अहिलेसम्म एक जनाले पनि एसएलसी पास गरेका छैनन्,’ ६० वर्षीय सिहरूप बोहराले भने, ‘चिठीपत्र, तमसुक हेर्ने र लेख्न मान्छे छैनन् ।’



युवा जति पढाइ छाडेर खेतीपाती र भेडापालनमा लागेका छन् । गाविसका समाजसेवी हरिचन्द शाहीले भने, ‘पढाइलेखाइ छैन, स्वास्थ्यको स्थिति राम्रो छैन । राज्यको सेवा सुविधा पनि पुगेको छैन ।’

Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages