डबली यात्रा धादिङ - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Tuesday, June 28, 2016

डबली यात्रा धादिङ

असार ६, २०७३- कुनै समय नेपाली लोक नाट्य परम्पराको मुख्य थलो थियो– डबली । नेपाली नाट्य संस्कृतिको जननी मानिने डबली बिस्तारै लोप हुँदै गयो । नयाँ पुस्तामा त्यही डबली परम्परा प्रवद्र्धन गर्ने ध्येयले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले देशैभर ‘डबली यात्रा’ चलाइराखेको छ । यसै क्रममा हालै धादिङबेंसीमा स्थानीय समुदायको सांस्कृतिक प्रस्तुतिसहित डबली यात्रा सम्पन्न भएको प्रतिष्ठानले जनायो । 

लोक संगीत विभाग प्रमुख तथा प्राज्ञ पवित्रा घर्तीमगरका अनुसार विभिन्न स्थानीय गीत, संगीत, नृत्य, वाद्यवादनसहित डबली यात्रा सम्पन्न भएको हो । सांसद गुरुप्रसाद बुर्लाकोटी र धनबहादुर घलेले मादल बजाएर उद्घाटन गरेको सांस्कृतिक प्रस्तुतिमा ५ वर्षीया संज्ञा शर्माले ‘सिरैको सिरफूल...’ गीतमा नृत्य गरेर कार्यक्रमको सुरुवात गरेकी थिइन् ।

यसपछि देव वाइबाले ‘मेन्दोमाया...’, राज गुरुङले ‘तिमीले बाटो मोड्यौ अरे...’ र ‘सालैजो...’, राजकुमार बानियाँले ‘सबमा मिल्ने आलु...’ बोलको गीत प्रस्तुत गरे । ‘विभिन्न जातजातिका संस्कृति झल्कने मेन्दोमाया नृत्य, घाटु, कुमालको मारुनी नृत्य, मगरको कौडा र पञ्चेबाजाको प्रस्तुतिले कार्यक्रममा रौनक थपेको थियो,’ प्राज्ञ घर्तीमगरले भनिन्, ‘दर्शकहरूले आधुनिकभन्दा लोक प्रस्तुति नै रुचाएको देखियो ।’ 

यसपछि प्राज्ञ पूर्ण नेपालीले ‘सोह्र वर्षे उमेरैमा...’, ‘मेरो टोपी...’, ‘आहा कलिलो तामालाई...’ लगायतका बोलका चर्चित लोकस्वादका गीत पस्केका थिए । वाद्यवादनमा खेम रानामगर, गुरुप्रसाद घर्तीमगर, पोषणराज घर्तीमगर र कमल गाउँलेले साथ दिएका घर्तीमगरले बताइन् । आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् धादिङ र नेपाल मगर संघ जिल्ला समितिले स्थानीय व्यवस्थापन गरेको कार्यक्रममा उद्धिराम खड्काले मयूर नृत्य, कमल गाउँले र अमला थापामगरले हास्य प्रस्तुति दिएका थिए । 

Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages