पर्खाइ ‘तीन घुम्ती’ को - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Thursday, June 30, 2016

पर्खाइ ‘तीन घुम्ती’ को

असार १५, २०७३- बीपी कोइरालाको उपन्यास ‘तीन घुम्ती’ अब ठूलो पर्दामा हेर्न पाइने भएको छ । यसलाई फिल्मको रूपमा उतार्ने काम निर्देशक बाबुराम ढकालले गरेका हुन् । अहिले उनी ‘तीन घुम्ती’ को प्रचारप्रसारमा व्यस्त छन् । केही ठाउँमा च्यारिटी सो गरिए पनि असार १७ देखि देशभर एकसाथ प्रदर्शन हुँदै छ फिल्म ।
चितवन, ज्योतिनगरका उनले चार वर्ष बम्बईमा बसेर फिल्मसम्बन्धी अध्ययन गरे । पछि नेपाल फर्किएर फिल्मी क्षेत्रमा सक्रिय बने । ‘बम्बईमा हुँदा बालाजी टेलिफिल्म्समा सहायक निर्देशकको रूपमा काम गरें,’ उनले भने, “पछि ‘कसौटी जिन्दगी की,’ ‘क्यूँ कि सास भी कभी बहु थी’ जस्ता टेलिफिल्म सम्पादनको काम पनि गरें ।”

नेपाल फर्किएपछि बाबुरामले टेलिफिल्म निर्माणको काम थाले । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘नलेखिएको साइनो’ ले राम्रै चर्चा पायो । उनका अनुसार यो ४८ भागसम्म चल्यो । त्यसपछि नेपाल टेलिभिजनबाट प्रसारित ‘खुसी पलभरको’, ‘माइती,’ ‘परिबन्ध’ जस्ता टेलिफिल्म निर्माण र निर्देशनको काम गरे ।

‘हाम्रो गाउँघरमा सुटिङ भएको देख्दा रहर लागेर आउँथ्यो,’ उनले भने, ‘त्यही रहरले मलाई आज यो क्षेत्रमा व्यावसायिक बनायो ।’ टेलिफिल्म बनाउँदै गर्दा उनलाई ठूला फिल्महरूमा निर्देशकका रूपमा काम गर्ने अफर आए । 

उनले निर्देशन गरेको पहिलो फिचर फिल्म ‘पर्खिराख है’ हो । प्रदर्शनको हिसाबले भने पहिलो ‘दुलही’ हो । ‘नाइन ओ क्लक’ व्यावसायिक हिसाबले ठीकै रहयो । “ठूलो पर्दाको निर्देशनमा ‘दुलही’ ले मलाई चिनाउने काम गर्‍यो,” उनले भने, “तीन घुम्ती’ बाट धेरै आशा छ, यसको प्रदर्शनपछि मात्र अर्को फिल्म बनाउनेबारे सोच्ने छु ।’ 

‘तीन घुम्ती’ मा गरिमा पन्त, ध्रुव दत्त र सुशान्त कार्की मुख्य भूमिकामा छन् । तीन गीत रहेको फिल्म सवा दुई घण्टाजतिको छ ।

‘बीपीको उपन्यासको फिल्मी परिमार्जिन मात्र हो यो,’ बाबुरामले भने, ‘४०–४५ वर्षअघिको दृश्य फिल्ममा देखाउन खोजिएको छ । फरक धारमा बनेको भएर दर्शकहरूले मन पराउनुहुन्छ भन्ने विश्वास छ ।’ 

Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages