0
असार ७, २०७३- रिपब्लिकन पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपति पदका सम्भावित उम्मेदवार डोनल्ड ट्रम्पको चुनावी र्यालीमा प्रहरीको बन्दुक खोसेको आरोपमा पक्राउ परेका एकजना ब्रिटिश नागरिकले ट्रम्पलाई गोली हान्न खोजेको बताएका छन् ।
नभादास्थित अदालतमा न्यायाधीशसमक्ष उपस्थित हुादा १९ वर्षीय माइकल साण्डफोर्डले कुनै अपील चाहिा गरेनन् । जुलाइ ५ मा अदालती सुनुवाइ हुनु अघिसम्म उनी हिरासतमा रहनेछन् ।
अदालती कागजातहरुका अनुसार डोनल्ड ट्रम्पको र्यालीमा उनी शनिबार लास भेगसमा पुगेका थिए ।  अधिकारीहरुका अनुसार उनको उद्देश्यबारे स्पष्ट भइसकेको छैन । ट्रम्पको अटोग्राफ लिन चाहेको भनेपछि साण्डफोर्डले र्यालीमा एकजना प्रहरी अधिकारीको बन्दुक खोस्ने प्रयास गरेका थिए ।
अदालती कागजातहरुका अनुसार उनले करिब एक वर्षदेखि ट्रम्पलाई गोली हान्ने योजना बनाइरहेका थिए तर अहिले आएर पर्याप्त आत्मबल जुटेपछि त्यस्तो प्रयास गरेको उनले बताएका छन् ।
एकजना संघीय न्यायाधीशले साण्डफोर्ड खतरनाक व्यक्ति भएको र अनुपस्थित हुन सक्ने भन्दै उनलाई हिरासतमा राख्न आदेश दिएका थिए र उनीविरुद्धको प्रारम्भिक सुनुवाइ स्थगित गरेका थिए।
साण्डफोर्डको गिरफ्तारीबारे बुझ्न खोज्दा विदेश मन्त्रालयका एकजना प्रवक्ताले भने, ँलास भेगसमा एकजना ब्रिटिश नागरिकको गिरफ्तारीपछि हामीले आवश्यक सहयोग गरिरहेका छौा ।”
अदालती कागजातहरुमा उल्लेख गरिएअनुसार साण्डफोर्डले यसअघि बन्दुक चलाउन जानेका थिएनन् तर जुन १७ मा उनी लास भेगसस्थित गोली चलाउन सिकाउने स्थल पुगेका थिए । र्यालीमा गोली हान्न मिल्ने अवस्थामा प्रहरीको बन्दुक भएकोले उनले बन्दुक खोस्न चाहेको अदालती कागजातमा उल्लेख छ । यसैबीच ट्रम्पले आफ्नो चुनावी अभियानका व्यवस्थापक कोरी लुवान्डास्कीलाई सोमबार बर्खास्त गरेका छन् ।
Source:www.ekantipur.com

Post a Comment

 
Top