प्रबुद्ध समूहको पहिलो संयुक्त बैठक आगामी साता - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Sunday, June 26, 2016

प्रबुद्ध समूहको पहिलो संयुक्त बैठक आगामी साता

काठमाडौँ, १२ असार । नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी दुई मुलुकबीचको बहुपक्षीय सम्बन्धलाई अझ सदुढ तुल्याउन उद्देश्यले गठित प्रबुद्ध व्यक्ति सम्मिलित समूहको पहिलो बैठक यही असार २० र २१ गते यहाँ आयोजना हुने भएको छ ।
नेपाल–भारत सम्बन्धलाई स्वतन्त्र एवम् गैरसरकारी दृष्टिकोणबाट विश्लेषण गरी पारस्परिक सम्बन्ध सुमधुर बनाउन २०७१ साउन १९ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला जारी संयुक्त वक्तव्यमा प्रबुद्ध समूह गठनको घोषणा भएको थियो । बैठकमा कार्यसूची तयार गर्ने तथा भविष्यमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल गरिने नेपाली प्रबुद्ध समूहका संयोजक पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापाले राससलाई बताउनुभयो ।
बैठकमा भाग लिन भारतीय प्रबुद्ध समूहका संयोजक भगतसिंह कोसियारी नेतृत्वको टोली असार १९ गते यहाँ आइपुग्ने कार्यक्रम छ । समूहका अन्य सदस्यमा नेपालका लागि भारतका पूर्वराजदूत जयन्तप्रसाद, प्राध्यापकद्वय महेन्द्र पी लामा र बिसी उप्रेती हुनुहुन्छ ।


त्यसैगरी नेपाली समूहमा नेकपा (एमाले) का सांसद डा राजन भट्टराई, पूर्वमन्त्री नीलाम्बर आचार्य, पूर्वसचिव एवम् अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय हुनुहुन्छ । उक्त समूहले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि एवं दुई देश बीचका सहमति, सम्झौताको पुनःस्थापना, अद्यावधिक वा खारेजी गर्न सम्बन्धित सरकारलाई सिफारिस गर्नेछ ।
Source:www.sabkura.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages