0
असार ५, २०७३- नारी स्रष्टाहरूको समूह गुञ्जनले साहित्यकार बाबा बस्नेत र हंसावती कुर्मी बिहीबार राजधानीमा सम्मानित गरेको छ ।
नेपाली भाषा साहित्यमा योगदान पुर्‍याएबापत बस्नेतलाई गुञ्जन प्रतिभा पुरस्कार र अवधि साहित्यमा पुर्‍याएको योगदानबापत कुर्मीलाई गुञ्जन बहुभाषिक स्रष्टा सम्मान दिइएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पुरस्कार र सम्मान हस्तान्तरण गरे । पुरस्कारमा दस हजार रुपैयाँ, दोसल्ला र सम्मान पत्र थिए ।
 
उपन्यास, नाटक, कथा, गीत संग्रह, कविता, शोक काव्यदेखि निबन्ध विधासम्मका एक दर्जन कृति निकालेकी बस्नेतको व्यक्तित्व र कृतित्वबारे प्रा. बालकृष्ण अधिकारीले प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रतिष्ठान उपकुलपति विष्णुविभु घिमिरे, साहित्यकार पदमावती सिंह, गुञ्जनकी अध्यक्ष गीता केसरी लगायतले पुरस्कृत र सम्मानित स्रष्टाको योगदानबारे चर्चा गरेका थिए । अध्यक्ष केसरीले आउँदो वर्ष गुञ्जनले सबै भाषाभाषीलाई समेटेर उखान टुक्टा संग्रह निकाल्ने योजना गरिरहेको बताइन् ।
Source:www.ekantipur.com

Post a Comment

 
Top