गठबन्धनको अनशनमा देउवा - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Friday, June 24, 2016

गठबन्धनको अनशनमा देउवा

असार ९, २०७३- राजधानीको खुलामञ्चमा अढाई सातादेखि रिले अनशनरत मधेसी–जनजाति दलको संघीय गठबन्धन भेट्न नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा बिहीबार अपराह्न पुगे । ऐक्यबद्धता दर्साउन राखिएको खातामा उनले लेखे– ‘तपाईंहरूको जायज माग पूरा गर्न नेपाली कांग्रेस पार्टी प्रयास गर्छ ।’ अनशनकारीले केही बोल्न आग्रह गरे पनि उनले भाषण भने गर्न चाहेनन् ।
संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले देउवालाई दिउँसो ३:३० बजे स्वागत गरेका थिए । प्रमुख प्रतिपक्षी दलका यी नेता चार दिनअघि नवलपरासीको रामग्राम पनि पुगेका थिए, जहाँ गठबन्धनकै एक घटक तराई मधेस लोकतान्त्रिक पार्टीको पहिलो महाधिवेशन सुरु भएको थियो । देउवाले त्यहाँ गएर मधेसका सीमांकन, नागरिकता, समानुपातिक प्रतिनिधित्वलगायत जायज माग सम्बोधन गर्न कांग्रेसले भरपूर सघाउने वचनमात्रै दिएनन्, संसद्मा हंगामा नै गर्ने भाषण गरिदिए । देउवाले बुधबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समेत भेटेका थिए ।
सहमतिको सरकारको कसरत भइरहेको चर्चा चल्दै गर्दा देउवाका यी पछिल्ला तीन भेटलाई चासोका साथ हेरिएको छ । कांग्रेस र माओवादी दुवै पक्षका दोस्रो तहका नेताबीच अनौपचारिक कुराकानी यसबीच पनि निरन्तर जारी छ । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सहमतिको सरकारका लागि भेटघाट चलिरहेको खुलाइन् । ‘भेटघाट, छलफल र लबिङ चलिरहेको छ,’ उनले भनिन्, ‘सरकार कसको नेतृत्वमा कहिले बनिसक्ने भन्नेचाहिँ औपचारिक बहसमा आउने गरी ठहर भइसकेको छैन । सरकार बन्नुपर्छ भन्ने हाम्रो कुरा हो ।’ बुधबार अस्ट्रेलिया उड्न ठिक्क परेका माओवादी केन्द्रका अध्यक्ष दाहाललाई रोक्न सफल देउवा जेठ २५ देखि जारी अनशनमा अढाई सातापछि ऐक्यबद्धता जनाउन पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्र अध्यक्ष दाहाल अनुपस्थित रहेको तमलोपा महाधिवेशनमा देउवा भने पुगेका थिए ।
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages