काबुलमा नेपाली सवार बसमा आत्मघाती बम बिस्फोट, १२ नेपालीसहित १४ काे मृत्यु - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Tuesday, June 21, 2016

काबुलमा नेपाली सवार बसमा आत्मघाती बम बिस्फोट, १२ नेपालीसहित १४ काे मृत्यु

असार ६, २०७३- अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान तालिबानी आतंकवादीले गरेको आत्मघाती बम बिस्फोटमा परि १२ जना नेपाली र २ जना भारतीय मुलका नेपालीको मृत्यु भएको हाे । अफगानी गृहमन्त्रालयले प्रेस विज्ञप्ती अनुसार बिस्फोटमा परी अन्य ५ नेपाली र ४ अफगानी घाइते भएका छन् ।
तालिबान आतंकवादीले नेपाली सुरक्षा गार्ड सवार रहेको मिनिबसमा बिहान ५:४० बजे आत्मघाती हमला गरेका थिए । बिस्फोटमा परी १४ जनाको मृत्यु भएको हाे भने ९ जना घाइते भएका छन् ।
काबुलका प्रहरी प्रमुख अब्दुल रहमानका अनुसार नीजि सुरक्षा गार्डकाे अावस नजिकै घात लगाएर बसेका अात‌ंकवादीले गार्ड चढेकाे गाडी अावसकाे गेटबाट बाहिरिए लगत्तै बिस्फोटन गराएका हुन् । बिस्फाेटमा परी उक्त बजारमा रहेका अन्य सर्वसाधारण पनि घाइते भएकाे उनले जानकारी दिए ।


पाकिस्तानस्थित नेपाली दूतावासले घट्ना सम्बन्धी विस्तृत जानकारी लिने काम भइरहेको बताएको छ । दूतावासले केही समयपछि विस्तृत जानकारी आउने दाबी गरेकाे छ । 

दूतावासका एक अधिकारीका अनुसार मृतक तथा घाइते त्यहाँकाे एक निजी सुरक्षा कम्पनीमा काम गर्दथे, जसले क्यानेडियन दुतावासलाई सुरक्षा प्रदान गर्दथ्यो । घाइते ९ जनाको भने अवस्था सामान्य रहेको जानकारी समेत ती अधिकारीले दिए ।
तालिबानका प्रवक्ता जबिउल्ला मुजाहिदले ट्वीट गर्दै उक्त हमलाकाे जिम्मेवारी लिएका छन् ।
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages