0
वैशाख २१, २०७३-  उपत्यका ट्राफिक प्रहरी महाशाखाले मोबाइल एप्स सुरु गरेको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले एप्सले सवारी व्यवस्थापन र सडक दुर्घटना न्यूनीकरण गर्ने बताए । साथै प्रहरीको कार्यदक्षता र क्षमता बढाउन एप्स सञ्चालनमा ल्याएको उनले बताए ।
महाशाखाका डीआईजी प्रकाश अर्यालले ट्राफिकबारे सम्पूर्ण जानकारी एप्समै दिइने बताए । ट्राफिक जामबारे थाहा पाउनसमेत एप्स सञ्चालनमा ल्याएको उनले बताए ।
मोबाइल प्रयोगकर्ताले आफूले देखेका, भोगेका तथा अन्य ट्राफिक सूचना र तस्बिरसमेत पठाउन सक्ने उनले बताए । त्यसका आधारमा ट्राफिक प्रहरीले तुरुन्त प्रतिउत्तर पठाउने उनले बताए । अर्यालले समयअनुसार ट्राफिकसम्बन्धी सूचना एप्समार्फत दिइने बताए ।
 उपत्यकामा भएका सवारी दुर्घटनाबारे समेत तत्काल जानकारी प्राप्त हुने उनले बताए । तत्काल ट्राफिक प्रहरीसँग सम्पर्क गर्नुपरे एप्सबाटै प्रहरीको नाम र नम्बर थाहा पाउन सकिनेछ । सवारी अनुमतिपत्र (लाइसेन्स) को परीक्षाको नमुना प्रश्नपत्रको समेत मोबाइलमा डाउनलोड गर्न सकिनेछ । सवारीसाधन हराए वा पाए तत्काल एप्सले सूचना दिनेछ ।
सार्वजनिक सवारीसाधनभित्र कसैले दुव्र्यवहार गरे तुरुन्तै प्रहरीलाई गोप्य रूपमा सूचना पठाउन सकिनेछ । ट्राफिक जनचेतनासम्बन्धी भिडियो, गीत तथा अन्य गतिविधिसमेत हेर्न सकिनेछ । साथै ट्राफिक एफएमसमेत सुन्न सकिने डीआईजी अर्यालले बताए ।
Source:www.ekantipur.com

Post a Comment

 
Top