0
मनसुन सुरु भएसंगै मुलुकभर बर्षा भएको छ । गत बुधबारबाट सुरु भएको मनसुन सक्रिय हु‘दा मुलुकभर वर्षा भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम भोली दिउँसो सम्म जारी रहने मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो ।
सुदुरपश्चिमबाहेकका क्षेत्रमा आज दिनभरजसो बर्षा भएको छ । सबैभन्दा बढी झापामा बर्षा भएको छ । त्यहाँ १ सय ४७ मिलिमिटर बर्षा भएको छ । यस्तै  बर्दियामा १ सय २२, काठमाडौमा ३१ दशमलव ८ र धनकटामा ४५ मिलिमिटर बर्षा भएको महाशाखाले जनाएको छ ।
अविरल वर्षाका कारण मुलुकका बिभिन्न भाग डुवानमा परेका छन । लगातारको वर्षापछि नदीमा पानीको वहाव बढ्दा झापाका दर्जन बढी गाबिस डुवानमा परेका छन । प्रहरीका अनुसार मेचीको बाढीले भद्रपुरका केही सुकुम्वासी बस्ती र रतुवाको बाढीले लखनपुरका केही बस्ती डुवानमा परेका छन् ।
कन्काई र बिरिङ नदीमा आएको बाढीका कारण झापाको दक्षिणी गाविस प्रभाबित बनेका छन् । ती गाविसमा केही चौपाया समेत बगाएको प्रहरीले जनाएको छ । त्यस्तै कमल, रतुवा लगायतका ठूला नदीहरुमा समेत बाढी आएपछि आसपासका गाविस डुवानमा परेका छन् ।
यसैबीच बक्राहा खोलाको बाँध भत्केपछि मोरङको मधुमल्ला क्षेत्रमा दर्जनौं घर डुबानमा परेका छन् । बक्राहा खोलाको बाढी गाउँमा पस्दा मधुमल्लाका पाँचवटा वडाका सयभन्दा बढी घर डुबानमा परेको प्रहरीले जनाएको छ ।
Source:www.ekantipur.com

Post a Comment

 
Top