जर्मनीसँग बदला लिने फ्रान्सलाई अवसर - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Wednesday, July 6, 2016

जर्मनीसँग बदला लिने फ्रान्सलाई अवसर




असार २१, २०७३- स्टार फरवार्ड ओलिभर जिरुडले फ्रान्स अब जर्मनीलाई हराएर पछिल्लो विश्वकपमा बेहोरेको हारको बदला लिने अवसरको स्थितिमा पुगेको आइतबार दाबी गरेका छन् । आयोजक देश फ्रान्स र विश्वकप विजेता जर्मनी युरो २०१६ को सेमिफाइनलमा भिड्नेछन् । ‘यो वास्तवमै निकै रोमाञ्चक खेल हुनेछ,’ जिरुडले भने, ‘हामी विश्वकपमा फ्रान्सले जर्मनीसँग बेहोरेको हारको बदला लिन चाहन्छौं । त्यसैले हामी निकै उत्साहित पनि छौं।’
फ्रान्स आइसल्यान्डलाई हराएर सेमिफाइनल पुग्ने चौथो तथा अन्तिम टिम बनेको थियो । दुई वर्ष अगाडि ब्राजिलमा भएको विश्वकपमा फ्रान्स जर्मनीसँग क्वाटरफाइनलमा पराजित रहेको थियो । त्यतिबेला म्याट्स ह्युमेल्सको गोलले जर्मनी विजयी रहेको थियो र त्यसयता जर्मनी उपाधि हात पार्न पनि सफल रहेको थियो । जर्मनीले विश्वकप जितेको यो चौथोपल्ट थियो । सन् १९८२ को विश्वकपमा पनि फ्रान्सलाई जर्मनीले नै बाहिरको ढोका देखाएको थियो ।
आर्सनलका फरवार्ड जिरुड भने त्यति पुराना दिन सम्झिने पक्षमा भने छैनन् । ‘यो पूर्णत: फरक खेल हुनेछ,’ उनी मान्छन् । फ्रान्सका लागि आइसल्यान्डले तेर्साएको चुनौती खासै बलियो रहेन । तर जर्मनीले भने इटालीमाथि संघर्षपूर्ण र थकानले भरिएको जित निकालेको थियो । ‘जर्मनी निकै राम्रो टिम हो, त्यसमा कुनै शंका नै छैन,’ जिरुडले थपे, ‘तर हामी उनीहरूको चुनौती पन्छाउन सक्षम हुनेछौं ।’
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages