सौराहामा पर्शुराम - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Tuesday, June 28, 2016

सौराहामा पर्शुराम

असार ५, २०७३- होटल सेभेन स्टार परिसरमा शुक्रबार मध्याह्न छुट्टै चहपहल थियो । केही नौला अनुहार यताउता गरिरहेका देखिन्थे । होटलका कर्मचारी भने तिनै अनुहार नियालिरहेका थिए ।
सबैको नजर नायक किशोर खतिवडा र नायिका जाहान्वी बस्नेतमाथि परेको थियो । गर्मीले पिरोलिएका दुवै चलचित्र ‘पर्शुराम’ को गीतको छायांकनको क्रममा लुम्बिनी हुँदै यहाँ आइपुगेका थिए । दुवैलाई एकसाथ नचाउने काम भने नृत्य निर्देशक बब्बु थापाले गरिरहेका थिए । गर्मीका कारण पसिनाले मेकअप पुछिएपछि हैरानी खेप्नुप्थ्यो ।
‘छिसिक्क मिसकल गर्छेउ...’ नायक/नायिका नाच्न व्यस्त बने । होटलमा फुलेका विभिन्नथरीका फूलले सबैलाई लोभ्याएको थियो ।
त्यही दृश्यलाई चलचित्रमा कैद गर्ने गरी टोली आइपुगेको हो । जाहान्वीलाई पोसाकले भने समस्या दिइरहेको देखिन्थ्यो । छोटो पहिरनमा सजिएकी उनलाई नृत्य गर्न कुनै समस्या भएन ।
हिल चप्पल लगाए पनि उनको हल्का नृत्यले सबैको ध्यान तान्यो । टोली एउटा गीतको छायांकनमा लुम्बिनी, पाल्पा, स्याङ्जाको मिर्मी हुँदै सौराहा आएको हो । ‘अहिले दर्शकले फिल्मको कथासँगै राम्रो दृश्यको खोजी गर्छन्,’ चलचित्रका निर्देशक एनआर घिमिरेले भने, ‘त्यही भएर सुन्दर ठाउँको खोजी गर्दै छायांकन गर्ने क्रममा यहाँ आइपुगेका हौं ।’
चलचित्र युनिटका अनुसार एउटै गीतमा करिब ५ लाख खर्च भइसक्यो ।
‘सौराहा राम्रो ठाउँ छ,’ नायक खतिवडाले भने, ‘यहाँको दृश्यले सबैलाई लोभ्याउँछ, त्यही भएर बेलाबेलामा सुटिङको क्रममा आउने गरेको छु ।’ नायिका जाहान्वी पनि दंग थिइन् । फिल्ममा किशोर, जाहान्वीसँगै सुशील पोखरेल, घनश्याम गिरी, नवराज राउत, स्वस्तिक क्षेत्री लगायतको अभिनय रहेको निर्देशक घिमिरले बताए ।
‘चलचित्रमा ५ वटा गीत छन्,’ निर्माता महेन्द्र बुढाथोकीले भने, ‘दर्शकले मन पराइदिने आशा गरेका छौं ।’ उनीसँगै चलचित्रमा पारस बस्नेत, यादव सैघाली, राजभक्त रानाको लगानी छ । फिल्मको एउटा गीतबाहेक सबै छायांकन दाङमा गरिएको निर्देशक घिमिरेले बताए ।
उनी आफैंले कथा लेखेको यो चलचित्रमा द्वन्द्व रोशन श्रेष्ठ, छायांकन कृष्ण श्रेष्ठ, पवन गौतम र संगीत टंक बुढाथोकीको छ । ‘चलचित्र एक्सन प्रधान हो,’ निर्देशक घिमिरेले भने, ‘तर एक्सनमा नयाँ कथा छ ।’
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages