0
असार १२, २०७३- मिस पूर्वाञ्चलको सातौं संस्करणको उपाधी झापा शनिश्चरेकी कृतिका गिरीले जीतेकी छन् । उनले मिस पर्सनालिटीको पनि उपाधीसहित यामाहाको फेसिनो स्कुटी हात पारिन् । उनले बंैकक टुरको अवसर पनि पाएकी छन् ।
‘तपार्इंले नेपालको राष्ट्रपतिलाई एक घण्टाको लागि भेट्ने अवसर पाउनु भयो भने के सल्लाह दिनुहुन्छ ?’ भनी प्रमुख निर्णायक जिल्ला न्यायाधीश अर्जुन कोइरालाले सोधेका थिए ।
जवाफमा कृतिकाले, ‘भूकम्प पीडितले अहिलेसम्म राहत नपाएको र राहतको आशमा वर्ष बितिसकेकोले उनीहरुलाई तत्काल राहत उपलव्ध गराउन पहल गरिदिनु भने सल्लाह दिने’ बताएकी थिइन् । भर्खरै प्लस टु को परीक्षा दिएकी कृतिकाले मिस पूर्वाञ्चलपछि मिस नेपाल बन्ने लक्ष्य राखेको बताइन् ।
धरानमा शनिबार राति आयोजित फाइनल प्रतियोगितामा सहभागी १९ प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधी जितेकी हुन् ।
प्रतिष्पर्धामा धरानकी ममता कार्कीले फस्ट रनरअप र धरानकै इक्सा मादेनले मिस चार्मिङसहित सेकेन्ड रनरअपको उपाधी जितिन ।
Source:www.ekantipur.com

Post a Comment

 
Top