मजदुरले ३ वर्षदेखि तलब पाएनन् - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Friday, June 24, 2016

मजदुरले ३ वर्षदेखि तलब पाएनन्

असार ८, २०७३- हरिसिद्धि इँटा टायल कारखानाका कर्मचारी र मजदुरले नियमानुसार पाउनुपर्ने तलब भत्ता, सञ्चय कोषलगायत सुविधा ३ वर्षभन्दा बढी समयदेखि सञ्चालक समितिले रोकेको भन्दै आन्दोलन थालेका छन्।
कर्मचारी, मजदुरहरूले गत सातादेखि कारखानाको कार्यालयमा धर्ना दिएका छन्। कर्मचारी/मजदुरले दोस्रो चरणमा कारखानाको कमलादीस्थित मुख्य कार्यालय र श्रम विभागलगायत सरकारी निकायमा विरोधका कार्यक्रम गर्ने घोषणा पनि गरेका छन्। व्यवस्थापनले लामो समयसम्म तलब नदिँदा कारबाही गर्ने सम्बन्धित निकाय मौन रहेको भन्दै उनीहरूले विरोध गरेका हुन्।
‘कारखानाबाट उत्पादन बन्द भएको लगायत विभिन्न बहानामा कर्मचारी, मजदुरको तलब रोकिएको छ,’ नेपाल समग्र उद्योग ट्रेड युनियन हरिसिद्धिका सचिव श्यामकृष्ण खत्रीले भने, ‘कारखाना सञ्चालन गर्न पटक–पटक आग्रह गर्दा पनि सञ्चालकहरूले चासो दिएका छैनन्।’
उनका अनुसार कारखानामा हाल स्थायी अस्थायी गरी ४८ कर्मचारी छन्। ‘कामदारप्रतिको उत्तरदायित्व पूरा गर्नुपर्‍यो,’ खत्रीले भने। कर्मचारी मजदुरहरूले रोकिएको तलब, भत्ता दिलाइ पाउँm भनी श्रम कार्यालय टेकुमा निवदेन पनि दिएका थिए।
त्यतिबेला कार्यालयबाट कर्मचारी मजदुरले खाइपाई आएको तलबमा श्रम ऐनअनुसार क्षतिपूर्तिसहित रकम उपलब्ध गराउन सञ्चालक समितिलाई आदेश दिइएको थियो। तर, ३ वर्षभन्दा बढी समय बित्दा पनि सञ्चालक समितिले कर्मचारी मजदुरलाई विभिन्न बहानामा तलब, भत्ता दिएको छैन। सञ्चालक समितिले कर्मचारी मजदुरहरूलाई तलब दिनु नपर्ने तर्क गरिरहेका छन्।
कारखानाका व्यवस्थापक दीपराम महर्जनले सञ्चालक समितिले तलब उपलब्ध गराउन निर्देशन नदिएसम्म आफूले दिन नमिल्ने बताए। ‘हिसाब–किताब मिलान गर्दै छु,’ उनले भने।
कर्मचारीहरूको आन्दोलनबारे श्रम विभागलाई जानकारी छैन। विभागका सूचना अधिकारी हरिप्रसाद शर्माले आफूलाई यसबारे केही जानकारी नभएको बताए। ‘के भएको रहेछ बुझौंला,’ उनले भने।
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages