0
असार १२, २०७३- पर्यटकीय नगरीका रूपमा चिनिएको पोखरा फिल्मकर्मीका लागि समेत छायांकनका लागि आकर्षक गन्तव्य मानिन्छ । गत बुधबार भने पोखरामा फिल्मको प्रिमियरसमेत गरियो । त्यो पनि काठमाडौंदेखि फिल्मका कलाकारसहितको युनिट र सञ्चारकर्मीको जम्बो टोली लगेर । शुक्रबारदेखि सार्वजनिक प्रदर्शनीमा आएको फिल्म ‘लुकामारी’ ले पोखराको चिप्लेढुंगामा रहेको सिनेप्लेक्समा भव्य प्रिमियर गरेको छ । सिनेप्लेक्सका दुवै हलमा लगाइएको फिल्म हेर्न दर्शक खचाखच भरिएका थिए । 

‘लुकामारी’ का मुख्य कलाकारहरू सौगात मल्ल, कर्म, विक्रमसिंह थारु, जेबी डिसी, सुरबिना कार्की र कृष्णभक्त महर्जन प्रिमिरयमा सहभागी हुन राजधानीदेखि पुगेका थिए । फिल्मकी अर्की नायिका रिश्ता बस्नेत भने देशबाहिर रहेकाले अनुपस्थित रहिन् । पोखरेली दर्शक पनि सम्भवत: पहिलो पटक राजधानीदेखि कलाकार ल्याएर गरिएको तामझामपूर्ण प्रिमियरमा कलाकार हेर्न र फोटो खिचाउन उद्वेलित देखिन्थे । प्रिमियरमा फिल्म कलाकारका अलावा नायिकाहरू अनु शाह र रिश्मा गुरुङ पनि अतिथिका रूपमा सहभागी रहे ।

क्राइम कमेडी जानराको भनिएको ‘लुकामारी’ एक युवतीको हत्याकाण्डपछि हत्याराको खोजीमा आधारित छ । फिल्ममा कर्म जापान/कोरिया जाने सपना साँचेर त्यस्तै हुलियामा दिन काटिरहेको एक 

पहिलोपटक फिल्म निर्देशनमा हात हालेका श्रीराम दाहालले ‘लुकामारी’ मा विभिन्न पात्र/चरित्र र तिनका आ–आफ्नै घटनालाई एउटै घरको लोकेसनभित्र बाध्न सफल देखिएका छन् ।

क्राइम, कमेडी र सस्पेन्सको संयोजन रहेको ‘लुकामारी’ लाई ख्याति हत्याकाण्डबाट पनि केही प्रभावित रहेको मानिएको छ । सुरजमान सिंह भण्डारीले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता क्याप्टेन मदन केसी हुन् । सुशन प्रजापतीले खिचेको फिल्ममा विकास सिलवालको संगीत रहेको छ । विनोद खतिवडाको पटकथा रहेको ‘लुकामारी’ को प्रिमियरमा पाएको प्रतिक्रियापछि निर्देशक श्रीराम उत्साहित देखिएका छन् ।

नेवार युवकको भूमिकामा छन्, जसको घरमा सौगात र विपीन एउटै कोठा साझेदार गरी भाडामा बसेका हुन्छन् । सौगातले फिल्ममा मधेसी युवकको चरित्रका साथै आँखालाई डेढो पारेर फरक देखिने प्रयास गरेका छन् । प्रिमियरमा उपस्थित दर्शकले उनको नौलो लुक्सलाई पर्दामा देख्ने बित्तिकै हाँसोसहित ताली बजाएर स्वागत गरेका थिए ।
चरित्रमा सौगात र कमेडीमा कर्मले दर्शकलाई बाँध्न सकेकोमा अधिकांश दर्शकले फिल्मको तारिफ गरेका थिए । 
Source:www.ekantipur.com

Post a Comment

 
Top