स्रष्टाहरु सम्मानित - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Monday, June 27, 2016

स्रष्टाहरु सम्मानित

असार ११, २०७३- विभिन्न क्षेत्रबाट कला, साहित्य र संगीतमा योगदान पुर्‍याएका आठ स्रष्टालाई नेपाल साहित्य विज्ञान प्रतिष्ठानले सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
प्रतिष्ठानको दोस्रो वार्षिक उत्सवका अवसरमा सनिबार लेखकहरु अभि सुवेदी, घनश्याम खड्का, सञ्जिव उप्रेती, रामप्रसाद ज्ञवाली, नवराज लम्साल, दिनानाथ शर्मा, गायक प्रमोद खरेल तथा कलाकार दम्पती सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई सम्मानपत्र तथा जनही पच्चिस हजार रुपैयाँ पुरस्कार दिइएको हो ।
‘आआफने क्षेत्रबाट उज्यालोको खोजी गर्ने युवा तथा पाका सर्जक, पत्रकार र कलाकारलाई हामीले गच्छे अनुसार सम्झेर सिर्जनामा सहयात्रा गर्न खोजेका हौं’ प्रतिष्ठानका अध्यक्ष तथा युवा गीतकार सगोत्री आचार्यले भने,‘यो हामी सयजना युवा सर्जकहरुको सामुहिक प्रयासको प्रतिफल पनि हो ।’
कार्यक्रममा कविता लेखनमा सक्रिय झापा र धनकुटाका १५ युवा र विभिन्न जिल्लाका २५ स्कुलका उत्कृष्ट बालबालिकालाई पनि जनही दस हजार तथा प्रमाणपत्र दिएर सम्मान गरिएको थियो ।
व्यक्तिगत पहलबाट यति ठूलो स्तरमा स्रष्टाहरुलाई सम्झने काम गरेर प्रतिष्ठानले स्तुत्य काम गरेको लेखक तथा प्रध्यापक अभि सुवेदीले बताए । ‘सकारात्मक काममा सबैको साथ र सहयोग लिएर देश बनाउनका लागि जुट्नु पर्छ भन्ने हुटहुटी यी युवाहरुमा छ जो मेरा विद्यार्थी पनि हुन्’ सुवेदीले भने ।
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages