झोछेँमा घुम्ती प्रहरी बिट - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Friday, June 24, 2016

झोछेँमा घुम्ती प्रहरी बिट

असार ५, २०७३- हनुमानढोका विश्व सम्पदा क्षेत्र नजिकैको झोँछेमा घुुम्ती प्रहरीको सुभारम्भ भएको छ  । झोछेँस्थित लकस म्हालासाला पुच (समूह) र महानगरीय प्रहरी बृत, जनसेवाको पहलमा बिट राखिएको हो ।
विश्वसम्पदा क्षेत्र र झोछेँको सुरक्षाका लागि बिट स्थापना गरिएको हो ।  शनिवार झोँछे टोलमा आयोजिक कार्यक्रममा बिटको समुदघाटन महानगरिय प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले गरे ।
स्थानीय अपराध नियन्त्रण र सुरक्षाको प्रत्याभुति गराउन भन्दै यस्तो प्रबन्ध गरिएको बृत प्रमुख प्रहरी नायब उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए । बिटमा सोलार जडान गरिएको छ । यसले वाकीटकी सेट चार्ज र बत्तीको लागि सहयोग गर्छ । बिटमा ४ जना प्रहरी खटाइएको छ । सानो सानो घरायसी झैझगडा बिटबाटै समाधान गर्ने प्रयास गरिने घिमिरेले जानकारी दिए ।
बिटमा जडित ४ वटा पाङ्ग्राले आवश्यक परे अन्य गल्ली वा क्षेत्रमा समेत सार्न सकिनेछ ।
काठमाडौंको निकै पुरानो पर्यटकीय गन्तब्य मानिने झोछेँेमा बिट स्थापनाले टोल झगडा, विवाद, चोरी लगायतका अपराध नियन्त्रण गर्न मद्दत मिल्ने स्थानीय समाजसेवी युवा तथा लकस समूहका अध्यक्ष गणपतिलाल श्रेष्ठले कार्यक्रममा बताए ।
कार्यक्रममा बोल्दै महानगरिय प्रहरी परिसर प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बिक्रमसिंह थापाले काठमाडौंका सबै १४ बृत्तप्रमुुखहरुलाई घुुम्ती बिटको विस्तार गर्न निर्देशन दिए ।
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages