मिस पूर्वाञ्चल धमाधम - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Thursday, June 30, 2016

मिस पूर्वाञ्चल धमाधम

असार ७, २०७३- असारे झरीलाई बेवास्ता गर्दै उनीहरू चौबीसै घन्टाजसो मिहिनेत गरिरहेका छन् । भर्चुअल दुनियाँमा रमाउने आधुनिक पुस्ताका यी युवतीहरू आफूलाई विशेष देखाउन अनेक अभ्यासमा लागिपरेका छन् । मिस पूर्वाञ्चलको सातौँ संस्करणले उनीहरूलाई सुन्दरताका हिसाबले मात्रै होइन, बौद्धिक रूपले पनि अब्बल दरिनुपर्ने बनाएको छ ।
व्यक्तित्व विकास, क्याटवाक, वाचन कला, स्वास्थ्य, पर्यटन, सामाजिक सेवा, खानपान, संस्कृति र कला लगायतमा एक महिनादेखि प्रशिक्षित हुँदै आएका धरानका इक्सा मादेन लिम्बु, रस्मित श्रेष्ठ, सुदिक्षा श्रेष्ठ, निसा राई र ममता कार्की, लहानकी अपेक्षा ढुंगाना, पाँचथरकी मीरा दुमी राई, इटहरीकी गुञ्जन अधिकारी, उदयपुरकी शबनम थापाको मत एउटै छ, ‘यस्ता प्रतियोगिताले नारीको आत्मविश्वास बढाउन मद्दत गर्छन् ।’
भोजपुरकी चन्द्रकुमारी राई, धनकुटाकी सृजना थापा, विराटनगरकी दीपिका केसी, झापाका सजना पौडेल र कृतिका गिरी, इनरुवाकी अनु श्रेष्ठ, धरानका अस्मिता खड्गी, रुक्सा आचार्य र सृजना रानामगरको राय यही छ ।
उनीहरू आत्मविश्वास वृद्धिका लागि अनेक उपाय अपनाइरहेका छन् । भरखरै सामाजिक संघसंस्था, पर्यटकीय स्थल, सांस्कृतिक स्थल अवलोकन गरे । ट्राफिक सचेतना, रक्तदान, स्वास्थ्य तथा सरसफाइ जस्ता कार्यक्रममा सहभागि जनाउँदै प्रहरी–प्रशासनका उच्च पदाधिकारी, विभिन्न दलका नेता, सामाजिक अभियन्ता, शिक्षक, बुद्धिजीविहरूसँग अन्तरक्रिया पनि गरे ।
सिल्भर इन्टरटेन्मेन्ट र हाइट इभेन्टको आयोजना, बराह इन्डस्ट्रिज प्रालिको प्रस्तुति तथा सिजी ब्रुअरीको प्रायोजन रहेको मिस पूर्वाञ्चलको फाइनल असार ११ मा धरान सभागृहमा हुँदै छ । त्यसलाई कोरियोग्राफी गर्दै छिन् प्रियारानी लामा ।

प्रतियोगीहरू ट्यालेन्ट राउन्डमा प्रस्तुत भइसकेका छन् । मोरङको विराटचोकमा आयोजित टयालेन्ट सोमा उनीहरूले नृत्य, अभिनय तथा पेन्टिङ, कविता कला प्रस्तुत गरे ।
प्लस टु गरेका र १७ देखि २४ वर्षबीच यी सुन्दरीहरूमध्ये फाइनलमा उपाधि विजेताले यामाहा फेसिनो स्कुटीसहित युरो एसिया ट्रिप, बैंकक घुम्ने अवसर पाउने इभेन्ट म्यानेजर शौरभ श्रेष्ठले बताए । उनका अनुसार फस्र्ट रनरअपले ५१ हजार, सेकेन्ड रनरअपले ३१ हजार र अन्य टाइटल विजेताहरूले जनही १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages