उजुरीपछि दाहालको भ्रमण रद्द - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Friday, June 24, 2016

उजुरीपछि दाहालको भ्रमण रद्द













असार ९, २०७३- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूविरुद्ध अस्ट्रेलियामा उजुरी परेका कारण अन्तिम समयमा भ्रमण रद्द गरेको अनुमान यहाँका नेपालीहरूले गरेका छन् ।
अध्यक्ष दाहालविरुद्ध विगतमा भएको युद्धकालीन अवस्थाका पीडितले अस्ट्रेलियाका मुख्य राजनीतिक दलका प्रतिनिधिहरू, मानवअधिकारवादी संघसंस्था, एमनेस्टी इन्टरनेसनल, मानवअधिकार सम्बन्धी वकालात गर्ने वकिलहरू र ठूला सञ्चार संस्थाहरूमा उजुरी गरेका छन् । कान्तिपुरलाई प्राप्त इमेलहरूमा दहाललाई अन्तर्राष्ट्रिय कानुनी दायरामा ल्याउनुपर्ने वा तत्काल फिर्ता पठाउनुपर्ने माग गरिएको छ ।
माओवादी अध्यक्ष्ा दहालले अस्ट्रेलिया उड्नु केही घण्टाअघि मात्र भ्रमण रद्द गरेका थिए । पार्टीगत कामका कारण भ्रमण रद्द गरेको बताइए पनि उनी विरुद्ध यहाँ सबैतिर उजुरी गरिएपछि विभिन्न आशंकाले भ्रमण रद्द गरेको हुन सक्ने अनुमान उनी सम्बद्ध व्यक्तिहरूले नै बताएका छन् । बिहीबार बिहान अस्ट्रेलियाको मेलबर्नमा अवतरण गर्ने भनिएका दाहालका विरुद्ध तत्कालीन समयमा बाट पीडित एक महिलाले उजुरी दिएकी थिइन् । उनले दिएको उजुरीमा दाहालले नेतृत्व गरेको माओवादी युद्धका कारण १६ हजारभन्दा नेपालीहरूले ज्यान गुमाएको र बलात्कार, अपहरण, यातना लगायतका अपराध भएको उल्लेख गरिएको छ ।
उनीविरुद्ध गरिएको उजुरीमा संयुक्त राष्ट्रसंघद्वारा जारी गरिएको नेपालको  सम्बन्धी रिपोर्टसमेत समावेश गरिएको छ । उनले गरेको उजुरीमा ३२ जना नेपालीहरूले समेत सहमति जनाएका छन् । कान्तिपुरसँग कुराकानी गर्दै उनले आफूले अस्ट्रेलियाका राजनीतिक दलका नेताहरू, एम्नेस्टी इन्टरनेसनल, मानवअधिकार कमिसन, सरकारी निकाय, सीमा सुरक्षा निकायलाई समेत यस बारेमा जानकारी गराएको बताइन् । आफू सामान्य नेपाली मात्र भएको र पीडितहरूले न्याय पाउनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने आफ्नो माग रहेको उनको भनाइ थियो ।
यता अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको पि्रमियरलाई एक व्यक्तिले इमेल लेखेर दाहालका विरुद्ध उजुरी दिएको सार्वजनिक भएको छ । उक्त उजुरीको जवाफ फर्काउँदै पि्रमियर माइक बेयर्डका एक कर्मचारी गायल मिचेलले यो विषय न्यु साउथ वेल्स प्रहरीलाई ध्यानाकर्षण हुनुपर्ने उल्लेख गर्दै सहायक पि्रमियर तथा न्याय तथा प्रहरी मन्त्री ट्रोय ग्रान्टलाई उक्त इमेल पठाइसकिएको लेखेकी छन् । स्थानीय एमएनटीभीले सार्वजनिक गरेको उक्त पत्रमा भिसा दिने निर्णय केन्द्र सरकारको भएकाले केन्द्र सरकारलाई समेत यस बारेमा जानकारी गराइसकिएको बताएकी छन् । उक्त इमेल कसले लेखेको भन्ने बारेमा नखुलेको भए पनि दहालको भ्रमणको ३ दिनअघि सो इमेल आदानप्रदान भएको छ ।
अर्काेतिर अध्यक्ष दहालको भ्रमणको प्रबन्ध मिलाउन ४ दिनअघि अस्ट्रेलिया आएका नेकपा माओवादी अन्तर्राष्ट्रिय विभाग सचिव युवराज चौलागाईंले आफूले पनि यी कुराहरू केही मात्रामा सुनेको भए पनि यसमा सत्यता नभएको जिकिर गरे । दाहाल नेपालको प्रधानमन्त्री भइसकेको मान्छे र द्वन्द्वकालीन समयमा भएका घटनाहरूलाई सुल्झाउन कानुन बनिसकेको अवस्थामा यी कुराहरूले खासै प्रभाव नपार्ने उनले दाबी गरे । अन्तिम समयमा आएर पार्टी र सदनको कार्यव्यस्तताले नै भ्रमण रद्द भएको उनको दाबी थियो ।
अस्ट्रेलियामा रहेका केही नेपालीहरूले भने पूर्वप्रधानमन्त्रीको भ्रमण स्थानीय कार्यकर्ता तहबाट भन्दा उच्च कूटनीतिक तहबाटै मिलाउनुपर्ने त्यसो हुन नसकेकाले पनि समस्या आएको बताएका छन् । ६ दशकभन्दा लामो समय दौत्य सम्बन्ध कायम भइसकेको नेपालका पूर्व प्रधानमन्त्रीको भ्रमण औपचारिक र कूटनीतिक तवरबाट हुनुपर्नेमा त्यसो नभएकाले  अनपेक्षित रूपमा भ्रमण रद्द भएको त्यहाँ रहेका केही नेपालीको बुझाइ छ । क्यानबेरामा रहेको अस्ट्रेलियास्थित नेपाली दूतावासले भने आफूहरूलाई यसबारेमा कुनै जानकारी नभएको बताएको छ । अस्ट्रेलियामा निर्वाचनको समय भएकाले औपचारिक कूटनीतिक भेटघाट गराउन सम्भव नभएको बारेमा आफूहरूले जानकारी गराएको कार्यवाहक राजदूत राजेन्द्र पाण्डेले बताए । यहाँबाट आफूहरूले दाहालको भ्रमणका लागि गर्न सक्ने सबै सहयोग गरिरहेको उल्लेख गर्दै पाण्डेले यस बाहेकका कुनै पनि विषयमा दूतावासलाई जानकारी नभएको बताए ।
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages