बेलायती प्रहरीमा नेपालीको आकर्षण बढ्दै - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Sunday, July 3, 2016

बेलायती प्रहरीमा नेपालीको आकर्षण बढ्दै

जेष्ठ १९, २०७३- बेलायती राजमुकुटको रक्षाका लागि गोर्खाहरुको योगदान त अब नयां विषय रहेन । बेलायती सेनामा गोर्खा भर्तीको दुई सय वर्ष पार भइसक्दा बि्रटिश गोर्खाको प्रतिष्ठा सर्वत्र प्रशंसनीय छ । गोर्खालीको बहादुरी र इमान्दारिताले बेलायतको नेपाली डायस्पोरा समेत सम्मानित भइरहंदा पछिल्लो समय नेपाली तन्नेरीहरु बेलायती प्रहरीमा आकषिर्त भएका छन् ।
पिसी (पुलिस कन्सटेबल) र पिसीएसओ (पुलिस कम्युनिटी सपोर्ट अफिसर) का रुपमा पूर्णकालिन जागिरे नेपाली करिब एक दर्जन हाराहारी रहेको अनुमान छ ।

काजी शेर्पा, रविन श्रेष्ठ, समिर लामा, सन्तोष घले, प्रकाश तामाङ, बसन्त लक्सम्बा, पुष्पा सुनुवार पिसी हुन् । बेलायती प्रहरीमा प्रवेश गर्ने पहिलो नेपाली काजी शेर्पा र पहिलो नेपाली महिला अफिसर पुष्पा सुनुवार मानिन्छ । शेर्पा सन् २००३ र सुनुवार गत वर्ष यस सेवामा प्रवेश गरेका थिए । एक पिसीका अनुसार, अंग्रेजी बोल्न, लेख्न सिपालु र आफूमा कामप्रति लगाव भएमात्र यो काम सजिलो छ ।

ओमेन्द्र गुरुङ, तृष्णा राई, दुर्गा थापा, निलम राई लगायत नेपालीहरु पिसीएसओ (पुलिस कम्युनिटी सपोर्ट अफिसर) का रुपमा कार्यरत छन् । पिसी भन्दा पिसीएसओ नेपालीहरु बढी रहेको अनुमान छ ।
पिसीले कानुन पालना गराउने, अपराध अनुसन्धान, अपराधीलाई गिरफ्तार गरि कानुनी कठघरामा उभ्याउने, देशमा शान्ति सुरक्षा कायम
गर्ने जस्ता मुख्य जिम्मेवारी पाएका हुन्छन् भने पिसीएसओले विशेष गरि स्थानीय समुदायसंग निकट रहेर उनीहरुलाई सुरक्षा प्रत्याभूति गराउने, अपराध न्यूनीकरण गर्ने आदि दायित्व बोकेका
हुन्छन् । स्थानीय समुदायमा गस्तीमा हिड्ने र कुनै असामाजिक तथा अपराधिक क्रियाकलापको रिपोर्टिङ गर्नु नै पिसीएसओको मुख्य जिम्मेवारी हुन्छ । त्यसबाहेक स्थानीय जनतालाई परामर्श दिने र अन्य पुलिस अफिसरहरुलाई सहयोग गर्ने उनीहरुको भूमिका हो । पिसीसंग पिसीएसओ भन्दा बढी पावर हुन्छ ।

उनीहरुबाहेक केही नेपालीले एससी (स्पेशल कन्सटेबल) का रुपमा हप्ताको १६ घण्टा स्वयंसेवक प्रहरी बनेर काम गरिरहेको पनि बताइन्छ ।

१८ वर्ष ब्रिटिश आर्मीमा सेवा गरेर अवकास लिएपछि ओमेन्द्र गुरुङ एक दशकयता थेम्स् भ्याली पुलिसमा पुलिस कम्युनिटी सपोर्ट अफिसरका रुपमा कार्यरत छन् । 'अपराध न्यूनीकरण, शान्ति सुरक्षा, समुदायसंग घुलमिल भएर उनीहरुलाई सहयोग गर्ने अनि असामाजिक व्यवहार रोक्ने हाम्रो दायित्व हो', गुरुङ भन्छन्, 'तर हामीलाई हतियार बोक्न र गिर्फतार गर्ने अधिकार हुन्न, पर्यवेक्षण र रिपोर्टमात्र गर्छौं ।'

गुरुङले रेडिङवासी नेपाली समुदायलाई अपराध घटाउन सुझाव सल्लाह अनि अपराधबारे प्रहरीलाई सिकायत गर्न सिकाएर 'डाइभर्सिटी च्याम्पियन अफ द इयर २०१३ अवार्ड' नै जितेका थिए ।
बेलायती प्रहरीमा नेपालीको प्रवेशले नेपाली समुदाय पनि लाभान्वित भएको छ । विशेषगरि अंग्रेजी भाषा समस्या हुनेलाई नेपाली प्रहरी हुँदा सेवा लिन सहज भएको हो । नेपाली अफिसरहरुले सेमिनार वा कार्यक्रम नै राखेर प्रहरीमा उजुरी गर्ने तरिका, चोरी तथा अपराध रोकथामका उपाय लगायतमा परामर्श दिने काम गरिरहेका छन् ।

नेपाली उल्लेख्य भएको रसमुर बरो काउन्सिलका  कम्युनिटी सपोर्ट अफिसर नेम थापा नेपालीहरु प्रहरी सेवामा आवद्ध हुँदा नेपाली समुदायलाई धेरै सजिलो भएको बताउंछन् । 'दोभासे बनेर होस् वा अपराध न्यूनीकरण एवं अन्य जनचेतना जगाउने काममा नेपाली प्रहरीको विशेष योगदान छ', थापाले भने । उनले रसमुर बरो काउन्सिलबाट बसन्त लक्सम्बा र पुष्पा सुनुवार पिसी एवं निलम राई, तृष्णा राई र दुर्गा थापा पिसीएसओ भएको जानकारी दिए ।
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages