फ्रान्सलाई हराउँदै पोर्चुगलले जित्यो युरोकप २०१६ को उपाधि - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Monday, July 11, 2016

फ्रान्सलाई हराउँदै पोर्चुगलले जित्यो युरोकप २०१६ को उपाधि


काठमाडौं । आफ्नो सुपरस्टार क्रिष्टियानो रोनाल्डोलाई सुरुमा नै गुमाएपनि पोर्चुगल युरो २०१६ को फाइनलमा फ्रान्सलाई हराउन सफल भएको छ र, पहिलो प्रमुख अन्तराष्ट्रिय उपाधि जितेको छ ।
अतिरिक्त समयमा एइडरको गोलको मदतमा घरेलु टोलीलाई १-० ले पराजित गर्दै पोर्चुगल युरोपियन महादेश च्याम्पियन बनेको हो ।
सोमबार विहान भएको फाइनलमा पोर्चुगलले आफ्ना स्टार कप्तान क्रिष्टियानो रोनाल्डोलाई २५ औं मिनेटमा नै चोटका कारण गुमाएको थियो । मिदित्री पयेटसाग ठोक्किएर घुाडामा चोट बोकेका उनी केहीबेरपछि रुादै स्ट्रेचरमा बसेर मैदानबाट बाहिरिएका थिए ।
तर, उपाधिको दाबेदार मानिएको फ्रान्सले रोनाल्डोको अनुपस्थितिलाई सदुपयोग गर्न सकेन । उसो त घरेलु टोली निर्धारित ९० मिनेटको खेलमा नै विजेता झण्डै बनेको थियो । तर, उसका रफायल गेनियाकको प्रहार पोष्टमा लाग्न पुग्यो ।
१०८ औं मिनेटमा पोर्चुगलका ग्यारेरोको फि्रकिक पनि बारमा लोगर फर्कियो । तर, त्यसको एक मिनेटपछि नै एइडर गोल गर्न सफल भए ।
फ्रान्सका कोसेल्नीलाई विट गर्दै उनके करिव २५ यार्ड टाढाबाट बल हानेका थिए । र, फ्रान्सेली किपरले बलतर्फ डाइभ पनि हानेका थिए तर, बलले निकै लोभलाग्दोसाग जाली चुम्यो ।
उसो त खेलमा फ्रान्सले अन्य केही सुन्दर मौकाहरु पनि खेल फालेको थियो । उसका स्टारम्यान एन्टोनी गि्रजम्यानको दुई प्रहारलाई पोर्चुगलका गोलकिपरले रोकेका थिए ।
२००४ को उपविजेता पोर्चुगल समूह चरणमा एउटा पनि खेल नजिति तेस्रो स्थानमा रहेको उत्कृष्ट टिमका रुपमा नकआउट चरणमा पुगेको थियो ।
एकपछि अर्को खेलमा सुधार गरेको उसले फ्रान्सलाई हराएर पहिलो ठूलो अन्तराष्ट्रिय उपाधि जितेको छ । र, क्लब फुटबलमा सबै सफलता हात पारेका रोनाल्डोले अन्ततः देशका लागि ठूलो प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् ।
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages